सधैको बर्ष झै यसबर्ष पनि नेपाली हिन्दुहरुको महान दोस्रो ठूलो पर्व तिहारको शुभ साइत नेपाल पंचांग निर्णायक समितिले सार्बजनिक गरेको छ। नेपाल पंचांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. राम चन्द्र गौतमका अनुसार भाइटिकाको शुभसाइत भोलि कार्तिक १२गते मंगलबारका दिन बिहान ११:५५बजे रहेको बताउनु भएको छ तर शुभसाइत बिहान ११:५५ बजे भयपनी दिनै भरी टीका लगाउन कुनै बाधा नपर्ने समेत जनाउनुभएको छ।
यस बर्षको यमपंचक कार्तिक ८गते शुक्रबार बाट सुरु भयको छ भने शनिबार ९गते काग तिहार परेको थियो। १० गते आइतबार बिहान कुकुर तिहार र सांझ लक्ष्मी तिहार परेको थियो।आज ११गते सोमबार बिहान ९:४५ बजे सम्म गाई,गोरु पुजा को साइत थियो भने त्यसपछी आत्म (म्ह)पुजा रहेको छ।
भोलि कार्तिक १२ गते भाइ टिकाकै दिन देखि नेपाल संवत् अनुसार नयाँ बर्ष ११४० समेत सुरुहुने हुँदा नेपाल संबत को नयाँ बर्ष पनि मनाउन सकिने अध्यक्ष गौतमले जानकारी दिनुभयो।