गत बर्ष २०७५ साल कार्तिक १२गते मलेसिया र नेपाल सरकार बिच भएको श्रम सम्झौतामा नेपाली कामदार निशुल्क वा शुन्य लागतमा मलेसिया जानपाउने भनी मलेसियाका तर्फबाट मानव संशाधन मन्त्री एम कुला सेगरन र नेपालका तर्फबाट श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट ज्यु ले हस्ताक्षर गर्नुभएको थियो।
उक्त सम्झौता पत्रमा सम्झौता भएअनुसार नेपाली कामदारको सम्पुर्ण लागत खर्च(जस्तै-भिसा प्रक्रिया, हवाइ टिकट, स्वास्थ परिक्षण र सुरक्षा जाँच आदि) सबै रोजगार कम्पनिले नै व्यहोर्ने कुरा स्पष्ट भयपनी हाल विभिन्न मेनपावर तथा ब्यक्तिहरुले रोजगारका लागि मलेशिया जाने नेपाली कामदारहरु संग विभिन्न बाहानामा नेपाली असी हजार भन्दा बढी मागेको भन्ने गुनासोहरु आइरहेका छन।
सोही गुनासाहरुको आधारमा यदि कुनै ब्यक्ति वा मेनपावरले रोजगारका लागि मलेशिया पठाउदा कसैसँग सेवा सुबिधा बापत लिन पाउने शुल्क दशहजार भन्दा बढी मागेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को कलसेन्टर११४१, वैदेशिक रोजगार बिभागको टोक फ्री नं. १६६००१०९९९९ तथा प्रशान शाखा को संपर्क नं. ०१४७८२४५४मा सम्पर्क गर्नको लागि वैदेशिक रोजगार बिभागले जनायको छ।