ॐ केदारेश्वर धाम एकपटक जानै पर्ने ठाउ

बांसगढी नगरपालिका वाड नं ५ बर्दिया मा अबस्थित मानव निर्मित ॐ केदारेश्वर धाम निर्माण सम्पन्न भै मिति २०७६साल बैशाख १२ गते सम्माननिय उपराष्टपति श्री नन्द बहादुर पुन ज्यु बाट बिधिवत रुपमासमुत्घाटन भएको थियोे ।
उक्त ॐ केदारेश्वर धाम मा शिबलिङ्ग १०८ फिट उचाइको रहेको छ भने धाम को अग्र भागमा तुलसीको १०८ ओटा मोठहरु रहेकाछन। त्यसैगरि विभिन्न धार्मिक अबसरमा स्नान को लागि भनेर १०८ ओटा नै धाराहरु जडान गरिएको छ।
सो धाम धार्मिक तथा पर्यटन दुबै हिसाबले दर्शन गर्न, हेर्न र घुम्न लायक रमणीय स्थानमा अबस्थित छ। तेसैले ॐ केदारेश्वर धाममा दैनिक १,२ सयको हाराहारीमा भक्तालुहरु पुजाआजा गर्ने र २,३ सयको सङ्ख्यामा स्थानिय तथा टाढा टाढाका पर्यटकहरु आइ अबलोकन गर्ने तथा तस्बिर लिने खिच्ने कार्यगरेको पाइन्छ।

कतै तपाइँहरु त छुट्नुभएन ? घुम्न, हेर्न र दर्शन गर्न एकपटक जाने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close