भारतिय बिस्तारवाद बिरुद्ध अनेरास्ववियु ले सोमबार संयुक्त राष्ट्र संघ मा मुद्दा दर्ता गराउने


भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतमा राखेका कारण उक्त नेपालको भु भाग फिर्ता पाउनुपर्ने भन्दै हिजो मिति २०७६ साल कार्तिक २२ गते अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजना गरियको भारतिय राजदुतावास घेराउ तथा धर्ना कार्यक्रम विहान ११बजे अमृत साइन्स क्याम्पस बाट नाराजुलुस सहित सुरु भै लैनचौर स्थित भारतीय राजदुतावास अगाडि १बजे सम्म नारा जुलुस गरि समाप्त भयको थियो।
उक्त धर्ना कार्यक्रममा लिपुलेक हाम्रो हो,कालापानी हाम्रो हो, भारतिय बिस्तारबाद मुर्दाबाद जस्ता नारा लगाएका थिय र विद्यार्थीहरुले भारतको नक्सा समेत जलाएका थिय।सोही भारतिय राजदुतावास घेराउ तथा धर्ना कार्यक्रमलाइ अनेरास्ववियु केन्द्रिय सङ्योजक ऐन महर र सहसङ्योजक रन्जित तामाङ्ग ले सम्बोधन गरेका थिए ।सम्बोधनका क्रममा सह सङ्योजक रन्जित तामाङले आबश्यक परे अनेरास्ववियु भारत सङ्ग युद्ध गर्नसमेत तयार रहेको तर सकभर कुटनैतिक रुपमा समस्याको समाधान गर्न पहल गर्नुपर्ने धाराणा राखेका थिए । तेस्तै सङ्योजक ऐन महर ले नेपाल आमाको एक इन्च पनि जमिन कसैले कब्जा गरे त्यो सहिय नहुने र सदियौ देखि बृटिश को गुलाम रहेको भर्खर मात्र गोर्खाली सेना को सहयोग ले स्वतन्त्र भएको भारतले हालसम्म कसैको गुलाम नबनेको स्वतन्त्र देश नेपाललाइ गिद्दे नजर नलगाउन समेत चेतावनी दियका थिए ।
सङ्योजक महरका अनुसार भारतिय बिस्तारबाद का विरुद्ध भोलि २४ गते आइतबार नेपाल सरकार लाई ज्ञापनपत्र बुझाउने र २५ गते सोमबार संयुक्त राष्ट्र संघमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेकाले सम्पुर्ण देशभक्त, राष्ट्रप्रेमी विद्यार्थीसाथीहरू लाई सो कार्यक्रममा सहभागीहुन आह्वान गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close