– बिरेन्द्र भण्डारी, बैजनाथ-०८ बाकेँ
माक्र्स र लेलिनका भक्त हु भनेर राजनीति गर्ने हाम्रा यी नेतामा अराजक र विखन्डनकारी भावना हाबी भइरहेकाे देखिन्छ ।सर्वहारा वर्गले उन्मुक्ति नपाउनु अनि पुँजीवादीहरु संधै आफूलाइ भगवान ठानिरहनु नै विधिकाे शासनकाे अर्थ हाे कि जस्तो लाग्न थालेको छ। उदाहरणका लागि हामी साउदी, दुबई, र कतारलाई लिन सक्छौ ।जहाँकाे भाैगाेलिक बनाेट र प्राकृतिक अवस्था हाम्रो देशकाे तुलनामा विकराल नै थियाे।तर हेर्नुस त अहिले तिनै देश एकदम नमुना बनिरहेका छन।कारण त्यहाँको राजनीति अवस्था सन्तुलित छ। देशलाई अग्रगामी परिवर्तनकाे दिशामा हिडाउने भए नेतृत्व गर्नेहरू निकै शिक्षित, सक्षम,इमानदार र पारदर्शी हुनुपर्छ ।अनि मात्र दूरदराजका समस्या निराकरण हुनेछन।
राजनीतिमा विकास नगरी विकासमा राजनीति गर्ने नेताहरुबाट भावी पुस्ताले कस्तो रचनात्मक पाठ सिक्लान खै?