वीरेन्द्र भण्डारी बैजनाथ गाउँपालिका-८ बाँँके
शिक्षा भनेकाे मान्छे भित्र रहेकाे अन्तर्निहित प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने एक शसक्त माध्याम हाे ।शिक्षाले नै मान्छे भित्रकाे अज्ञानतालाई निमिट्यान्न पारेर ज्ञानकाे ज्याेतीलाई बिकसित पार्नुपर्छ ।हाम्राे शिक्षा प्रणाली चित्त बुझ्दाे नभएकाे कुरा धेरैलाई थाह छ तर पनि हामी यसै शिक्षालाई झेल्न बाध्य भईरहेका छाैँ।
याे धर्तिमा अबतरित भएका प्रत्येक मान्छे भित्र केही न केही कला हुन्छ भनेर खुद अल्बर्ट अाईन्सटाईनले भन्नू भएकाे छ,तर दुर्भाग्य कलालाई कलाकाे रुपमा बिकसित गर्न सकेन हाम्राे शिक्षाले।मान्छेमा जस्ताे ईक्षा त्यस्तै खाले शिक्षा दिईनुपर्थ्याे तर यहाँ सबै मानिस भित्रकाे मनाेबिज्ञानलाई बुझेर शिक्षाले न्याय दिन सकेकाे खाेई त?एउटा बाँदरमा रुख चढ्ने कला हुन्छ र माछामा पानिमा पाैडी खेल्ने कला हुन्छ जसलाई उनिहरुकाे बंशाणुगत गुन भनिन्छ तर माछालाई रुख चढ्न लगाईयाे र बाँदरलाई पाैडी खेल्न लगाईयाे भने तिनिहरू दुबैकाे अस्तित्व समाप्त हुन्छ ।भन्न खाेजेकाे हाम्रो शिक्षा प्रणाली पनि कताकता त्यस्तै भईदियाे।अर्काे महत्वपुर्ण कुरा हाम्राे शिक्षाले हामी भित्रकाे अद्भुत चेतनालाई छुन सकेन ।ईतिहास रट्न सिकायाे ईतिहास रच्न सिकाएन ।पढाईकाे किराे बनाईदियाे तर पढाईकाे हिराे बनाउन कहिल्यै सकेन ।शिक्षामा कल्पनाकाे लागि प्रयाप्त ठाउँ नै भएन नेपाेलियन बाेनापार्टले कल्पनाले नै समस्त बिश्वकाे संचालन गर्छ भनेर कल्पनाकाे महिमा गए अल्बर्ट अाईन्स्टाईनले ज्ञान भन्दा कल्पना शक्ति धेरै शक्तिशाली हुन्छ भनेर पुष्टि गरे।अाजकाे हाम्राे शिक्षा प्रणालीले बिद्याथीहरूलाई कल्पनाशिल र रचनात्मक बनाउन सकेन ।अहंकारले मान्छेलाई सकाईदिन्छ तर हेर्नुस हाम्राे समाजमा पढे लेखेका मान्छेहरू नै अहंकारी भावका भईदिए।प्रश्न गर्ने कलाले नै मान्छेलाई मान्छेकाे रुपमा स्थापित हुन सिकाउँछ भन्ने कुरा बिकसित राष्ट्रहरूलाई थाह छ तर हाम्राे पाठ्यक्रममा बिद्याथीलाई प्रश्न गर्ने कला सिकाउँनलाई ठाउँ नै भएन। एउटा शिक्षित ब्यक्तिकाे उद्धेश्य नै जागिर खानु भईदियाे ।मैले जिन्दगीमा महान काम गर्नुपर्छ भनेर बिद्याथीमा त्याे किसिमकाे मानसिकता तयार पार्न नसक्नु शिक्षाकाे ठुलै दाेष हाे ।शिक्षाले न मान्छेलाई घमण्डबाट बचाउँन सिकायाे न त कमजाेर मानसिकताबाटै ।परिक्षामा फेल भएका अधिकांश बिद्याथीहरू हात्महत्या गरेकाे खबर सुन्नमा अाउँछ र पास भएकाहरू पनि फेल भएकाहरूलाई नटेर्ने ढङ्गबाट प्रस्तुत भएकाे पाउँन सकिन्छ ।
अत: हाम्रो शिक्षा प्रणालीमा सृजनशिलता र कल्पनाकाे लागि प्रयाप्त ठाउँ हाेस अनि बिद्याथीहरूकाे मनाेबिज्ञान बुझेर बहुअायामिक शिक्षालाई पाठ्यक्रममा समाबेश गरियाेस।मुलतः शिक्षा मन्त्रालय र मन्त्री वैज्ञानिक शिक्षाबाट पन्छिन खाेज्दै गर्दा नेपाली युवाविद्यार्थीहरूमा व्यवसायीक शिक्षाकाे अभाव उर्लिदाेक्रममा छ भन्दा सायद अतिसंयुक्ती नहाेला।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/ru-UA/register-person?ref=V2H9AFPY