अनेरास्ववियु ले भन्यो हामिलिन्छौ विद्यार्थीको अभिभावकत्त्व

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका बि.बि.एस. दोस्रो बर्षका विद्यार्थीले अध्ययनका लागि आएका नयाँ बि.बि.एस. प्रथम बर्षका विद्यार्थीलाई आज स्वागत कार्यक्रम आयोजना गरि स्वागत गरेका छन।सो स्वागत कार्यक्रम शान्ति डांगी को अध्यक्षता तथा अनेरास्ववियु वांकेका जिल्ला सचीव टेकेन्द्र मल्ल र नेविसंघका प्रतिनिधि मनोज कुमार थापाको प्रमुख आतिथ्य मा भयको थियो।
विद्यार्थीहरुले स्वागत मन्तव्यका क्रममा महेन्द्र बहुमुखी क्याम्पस का बि.बि.एस. का विषयगत प्राध्यापकहरु कोहिपनी उपस्थित नभएका कारण अभिभावकत्व नपाएको गुनासो गरेका थिए भने मन्तव्यका क्रममा अनेरास्ववियु का बांके जिल्ला सचीव टेकेन्द्र मल्ल ले आफू तथा आफ्नो विद्यार्थी संगठन ले सम्पुर्ण अध्यनरत विद्यार्थीहरुको अभिभावकत्त्व लिने तथा विद्यार्थीका सम्पुर्ण अफ्ठ्यारा परिस्थितिलाई हल तथा समाधान गर्न सदैब तत्पर रहेको र कुनै कसर वांकी नराख्ने कुरा व्यक्त गरेका थिए। त्यस्तै नेविसंघका प्रतिनिधि मनोज कुमार थापाले आज सम्म २००७ साल पछिका सबै परिवर्तन विद्यार्थी आन्दोलनले सम्भब रहेको र आफू जुन लक्ष्यका साथ अध्यन गर्न आयको हो सो पुरागर्नुपर्ने मन्तव्य व्यक्त गरेका थिए।
उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरुले अतिथी र नयाँ विद्यार्थीहरुलाइ खादा ओडाएर स्वागत तथा सम्मान गरेका थिए भने मनोरञ्जन का लागि साहित्य वाचन र नृत्य प्रदर्शन समेत गरेका थिए ।