जाजरकोट जिल्लामा रहेको श्री सीता माध्यमिक विद्यालय कार्किज्युला का प्रधानाध्यापक तिलक बहादुर खत्री ले जहिले सम्म प्र.अ.पदमा रहन्छु तबसम्म आफुले प्र.अ.भत्ता नलिइ गरिब , बिपन्न, टुहुरा तथा शिक्षाको पहुँच भन्दा बाहिर रहेका बालबालिका लाई सहयोग गर्ने जानकारी गराउनु भएको छ।नेपाल सरकार ले प्र.अ.भत्ता नि.मा.बि.तहलाइ ३सय र मा.बि.तहलाई ५सय प्रतिमहिना दिने गरेको छ।आजभोली विभिन्न विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा कर्मचारी हरु लाई भ्रष्टाचार को आरोप लागिरहेका बेला प्र.अ.खत्रीले गरेको यो कार्यले जाजरकोट जिल्ला र देशकै शिक्षा क्षेत्रमा ठूलो योगदान भयको त्यहाँ का स्थानीय लगायत बुद्धिजीवी ले बताएका छन।
शिवालय गाउँ पालिकाका स्थानिय प्रधानाध्यापक खत्री पदम बहादुर खत्री को नाति तथा दिलबहादुर खत्री र कल्सी खत्रीको छोरा हुन भने हाल बारेकोट गाउँपालिका वार्ड नं. ६ कार्किज्युला जाजरकोट को बिद्यालयमा कार्यरत छन ।