सहिद परिवारले पाउने राहत रकम यसबर्ष पनि भयो निकासा,निवेदन दिने म्याद २२ गतेसम्म

Date:

Share post:


द्वन्दको समयमा सहिद परिवारको सन्तति तथा बाबुआमा गुमाएका टुहुरा बालबालिका हरुलाइ छात्रवृत्ति स्वरुप बिगत बर्षहरु देखि नै राहत रकम बुझिरहेकाहरुको लागि यस आर्थिक बर्ष २०७६/०७७ का लागि पनि आर्थिक सहायता रकम मन्त्रालयबाट निकासा भै आएको हुदा यहि पौष २२गते भित्र जिल्ला प्रशासन कार्यालय मा स्वयम् ब्यक्ति संरक्षक सहित उपस्थित भै निवेदन दिन जिल्ला प्रशासन कार्यालय बर्दिया ले सुचना जारी गरेको छ।
उक्त आर्थिक सहायता राहत रकम को लागि निवेदन दिन सहिद परिवारका सन्ततिहरुका लागि छात्रवृत्ति शिर्षक लाई निवेदन , बैंक खाता नं.स्पष्ट देखिने चेकको फोटोकपी र हाल अध्ययनरत रहेको कलेज वा विद्यालयको अध्ययन गरिरहेको भन्ने सिफारिस पत्र अनिवार्य भनिएको छ भने टुहुरा बालबालिका लाई छात्रवृत्ति शिर्षक लाई निवेदन , बैंक खाता नं.स्पष्ट देखिने चेकको फोटोकपी , पालिका बाट टुहुरा बालबालिका तथा निजको नजिक को संरक्षक पहिचान खुल्ने फोटो सहितको सिफारिस र संरक्षकको नागरिकता को फोटोकपी सहित स्वयम् अनिवार्य उपस्थित हुनुपर्ने जिल्ला प्रशासन कार्यालय बर्दिया ले जनाएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...