विद्यार्थी लाई चढाउन र भाडा छुट दिन नमान्ने नगर बस लाई आफैले कडा कार्बाही गर्ने अनेरास्ववियु बांके का जिल्ला सचिब मल्ल को चेतावनी

Date:

Share post:


महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज का विद्यार्थीहरु अध्यन गरि बिदा पछी घर फर्किने क्रममा नगर बस रोक्न खोज्दा नरोक्ने, विद्यार्थी ले पाउनुपर्ने भडामा सहुलियत नदिने गरेको धेरै दिनदेखिको विद्यार्थी र प्राध्यापक हरुको गुनासो आयपछी विद्यार्थी संगठन अनेरास्ववियु बांके जिल्ला सचिव टेकेन्द्र मल्लले पटक पटक बस समिति तथा ट्राफिक प्रहरिलाई अनुरोध गर्दा पनि समस्या समाधान गर्ने कुनै चासो नदेखाएपछी सचिब मल्ल कै नेतृत्वमा आज दिनको ३ बजे देखि ५ बजे सम्म प्रत्येक नगर बसलाइ रोकि क्याम्पस का भाइबहिनी हरुले रोक्न भनेपछि नरोके, नचढाए वा सार्बजनिक सवारीसाधन उपयोग गर्ने अधिकार हनन गरे कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन।
जिल्ला सचिव मल्लले विद्यार्थीले पाउनुपर्ने भाडामा ४५प्रतिशत सहुलियत छुट नदिए त्यस्तै क्याम्पस देखि गन्तब्य सम्म जानकोलागी विद्यार्थी ले रोक्न हातदिंदा नरोकि सार्बजनिक सवारीसाधन उपयोग गर्नपाउने अधिकार हनन गर्न खोजे नगर बस चालक, सहचालक लाई आइतबारदेखि कडा कारबाहि गर्ने र बस तोडफोड देखि आगजनी सम्म गर्न पछि नपर्ने र उक्त आन्दोलन बाट हुने सम्पुर्ण क्षति को जिम्मेवारी बस समिति , ट्राफिक प्रहरी तथा यातायात ब्यबस्थापन कार्यालय भेरी ले लिनुपर्ने समेत चेतावनी दिएका छन।अन्यथा बस समिति , ट्राफिक प्रहरी र यातायात ब्यबस्थापन कार्यालयले आ आफ्नो स्थान बाट पहल गरि विद्यार्थीहरुलाइ सहज यातायात को ब्यवस्था को लागि पहल गर्न आइतबार दिन को १२ बजेसम्म अल्टिमेटम दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...