बांकेको कोहलपुरमा सुरुहुन गै रहेको तेस्रो प्रादेशिक औधोगिक ,लघु, घरेलु कृषि तथा प्रबिधी प्रदर्शनी मेला आज पौष २४ गते देखि माघ ५गते सम्म लाग्ने जनाइएको छ। सो प्रदर्शनी तथा व्यापार मेलाआज बिहान ११बजे उध्घाटन हुने भनिएपनि बर्षाका कारण केही समय ढिलोगरी संघीय उद्योग तथा बाणिज्य मन्त्री लेखराज भट्ट द्वारा उध्घाटन भएको थियो।उक्त मेला उध्घाटन कार्यक्रम मा विभिन्न संघ संगठन , संस्था लगायत ले र्याली द्वारा नगर परिक्रमा गरेका थिए।
मेलामा करिब ३०० वटा स्टलहरु रहने तथा सुरक्षालाइ मध्यनजर गरि करिब ४० भन्दा बढी CCTV जडान गरिएको आयोजक मुल समिती का संयोजक हेम बिक्रम जि सिले बताउनु भयो।मेला हेर्न आउने दर्शकका मनोरञ्जनको लागि विभिन्न खेल, राष्ट्रिय तथा स्थानीय कलाकार हरुको नित्य,गीत तथा हास्य ब्यंगे कार्यक्रम को समेत ब्यबस्था गरिएको छ भने मेला प्रवेश शुल्क ५०रुपैयाको टिकट दर तोकिएको भएपनी विद्यार्थी र अशक्त ,अपांग हरुको लागि ४०रुपैया मै प्रवेश गर्न पाउनेगरी टिकटको ब्यबस्था मिलाइएको मेला प्रचार प्रसार संयोजक एम डि कंडेल ले जानकारी गराउनु भयो।