पृथ्वी जयन्ती मनाउन नदिइएको कि नमनाइएको


पुर्खौली घर प्युठान जन्म नवलपरासी हाल बर्दिया।हजुरबुबा देखि म सम्म कम्युनिस्ट अझ मेरो बुबा त २०४६ सालको आन्दोलन मा कम्युनिस्ट विद्यार्थी नेता भएर नै लागेका।म पनि कम्युनिस्ट पार्टी मै गाउँ कमिटिको सचिब देखि गा बि स कमिटी को सदस्य समेत भएर काम गरेको एक हिसाबले भन्दा रगत नै कम्युनिस्ट तर चाप्लुसी गर्न नजानेको।जुन कुरा चित्त बुझ्दैन खरो उत्रने स्वभाव त्यसैले होला राजनीतिमा अघि बढ्न सकिएन।हाल पत्रकारिता मा।यति परिचय दिदा दिदै कसैले राजाबादी भनेपनि भन्नुहोस तर पृथ्वी जयन्तिको बारेमा केहिकुरा गर्नैपर्ने भो-
अब कुरा सुरु गरौ पृथ्वी जयन्तीको। हिजो पृथ्वीनारायण शाहले एकीकरण गरि बाइसे चौबिसे राज्य लाई एक गराइ सिङ्गो नेपाल देश निर्माण गरे भन्ने इतिहास मा पढियो।उनले चाहे आफ्नो स्वार्थको लागि गरे चाहे जनताको लागि कारण जे भयपनी ठिक गरे र हामी नेपालिहुन पाएका छौ, यसमा त दुइमत सायदै नहोला! दुइमत छैन भने पृथ्वी जयन्ती किन नमनाउने? पृथ्वी जयन्ती नमनाउने हो भने सहिद दिबस किन मनाउने? गणतन्त्र दिबस किन मनाउने? संविधान दिबस किन मनाउने? के पृथ्वी जयन्ती बिना नेपाल मा अरु दिबस, जयन्ती मनाउनु को औचित्य छ र? पृथ्वीनारायण शाह ले एकीकरण गरे र त नेपाल देश भयो, नेपाल देश भयो र त विभिन्न ब्यबस्था को लागि आन्दोलन भयो, आन्दोलन भयो र त सहिद भए, सहिद भए र त गणतन्त्र आयो, गणतन्त्र आयो र त नया संविधान बन्यो।किन हामिलाइ सहिद दिबस प्यारो लाग्ने, गणतन्त्र दिबस प्यारो लाग्ने, संविधान दिवस प्यारो लाग्ने अनि यी सब दिबस मनाउन योगदान दिएका पृथ्वीनारायण शाहको जन्म दिबस पृथ्वी जयन्ती प्यारो नलाग्ने?
पृथ्वी जयन्ती साच्चै हामी नेपालिले नै नमनाउने निर्णय गरेको हो कि बिदेशीको इसारा मा? के हामी नेपाली जनता र नेताहरु ले हाम्रो देशको बिशेश दिनहरु कुन मनाउने कुन नमनाउने भन्ने बिषयमा आफै निर्णय गर्न सक्दैनौं? वा जनताको भावनाको कदर गर्न सकिँदैन? सक्छौं र सकिन्छ भने यहि बर्ष देखि राज्य स्तरबाटै एउटा महान दिबस वा पर्वको रुपमा पौष २७ गते पर्ने पृथ्वी जयन्ती भब्य रुपमा मनाउन सुरु गरौन हुदैन…….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close