बिगत ११ बर्षदेखी अधिराज्य भरका क्याम्पसमा पुर्णरुपमा हुननसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचन यहि फगुन १४ गते हुने निश्चित भयसंगै अनेरास्ववियु ” हामि बनाउछौं, हाम्रो क्याम्पस” अभियानका साथ स्ववियुको निर्बाचनको तयारी मा लागेको अनेरास्ववियु बांकेका जिल्ला सचीव टेकेन्द्र मल्लले बताउनु भयो।
अनेरास्ववियु बांकेका जिल्ला सचिब मल्लले उक्त हामी बनाउछौं, हाम्रो क्याम्पस अभियानलाई सफल बनाउन कलम हुनेछ तारा हुनेछ, अनेरास्ववियुमा विद्यार्थी सारा हुनेछ! वास्तविक विद्यार्थीको जोड, अनेरास्ववियु लाई भोट! सम्पुर्ण विद्यार्थीको आह्वान, अनेरास्ववियु लाई मतदान ! लगायत नाराका साथ देशभरिका सम्पुर्ण विद्यार्थीहरुलाइ स्वबियुको निर्वाचनमा लाग्न आग्रह गर्नुभएको छ। साथै क्याम्पसहरुले गर्ने अनियमितता, भ्रष्टाचार , बेतिथी जस्ता कुराहरु हटाउनअब अनेरास्ववियुको कलम तारा अंकित झण्डालाई अधिराज्यभरिका सबै क्याम्पसहरुमा फहराउन जरुरि समेत भएको खोज नेपाल न्युजसंग बताउनुभयो ।