सान्त, समुन्नत तथा समृद्धि नेपाल बनाउन सबैमा प्रेरणा मिलोस भन्दै नेकपा अध्यक्ष प्रचण्डले दिनुभयो ल्होछारको शुभकामना

आज परेको तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार-२८५६ को अबसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण तामाङ्ग दिदिबहिनि तथा दाजुभाइलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्नुभएको छ।


शुभकामनामा नेकपाका अध्यक्ष प्रचण्डले भन्नुभएको छ- नेपाल बहुजातीय , बहुभाषिक , बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक बिबिधायुक्त बिशेषताले भरिपुर्ण धर्मनिरिपेक्ष राष्ट्र हो।यहि कारणले गर्दा नै हाम्रो समाजलाइ पारस्परिक सम्मान एबं सद्भाबसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ। अझ अध्यक्ष प्रचण्डले शुभकामनामा हामी देशकोआर्थिक समृद्धिको चरणमा छौ। लामोसमयको प्रतीक्षा पश्चात् देशमा आर्थिक समृद्धिको आधार का रुपमा स्थिर सरकार बनेको र सबै जाती , क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाटनै देशको आर्थिक बिकास सम्भब रहेको समेत बताउनु भएको छ भने यस सोनाम ल्होछार पर्बले समस्त समुदायहरुमा बन्धुत्तो, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस भन्ने कामना समेत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close