त्रि बिले गर्यो स्ववियुको निर्वाचन तालिका सार्बजनिक, उमेदवारको अन्तिम नामावली ७ गते नै प्रकासित गर्ने

Date:

Share post:


बिगत ११ बर्षदेखी हुन नसकेको स्ववियुको निर्वाचन त्रिभुवन बिश्वबिद्धालयले आज निर्वाचन तालिका सार्वजनिक गरेसंगै विद्यार्थीमा उत्साह छाउनुका साथै निर्वाचन हुने झनै निश्चित भयको छ।
त्रिविले सार्बजनिक गरेको निर्वाचन तालिका मा फागुन ४ गते बिहान १०बजे मतदाता सुचि प्रकाशित गर्ने, सांझ ३ बजेसम्म मतदाता सुचिउपर दाबिबिरोध गर्ने र ४ गते नै सांझ ५बजे पछि मतदाता सुचिउपर परेको दाबी बिरोधको छानबिनगरि अन्तिम नामावली प्रकाशित गर्ने भनिएको छ। अनि फागुन ५गते दिनको १ बजे सम्म प्रत्यक्ष र समानुपातिक दुबैकालागी उमेदवारको मनोनयन पत्र बितरण गर्ने, सांझ ४बजे सम्म उमेदवारको मनोनयन पत्र र समानुपातिक तथा प्रत्यक्ष तर्फको उम्मेद्बारी शिलबन्धी नामावली दाखिला गर्ने र ५गते नै सांझ ५बजे प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली प्रकाशित गर्ने। तेस्तै फागुन ६गते दिनको १२ बजे प्रकाशित उम्मेदवारी को नामावली उपर अन्तिम दाबी बिरोध गर्ने, सांझ ५बजे दाबी बिरोध उपर छानबिन गरि उम्मेदवारको नामावली प्रकाशित गर्ने र फागुन ७गते दिनको १बजे सम्म उम्मेदवारीको नाम फिर्तालिने अन्तिम समय तोकिएको छ भने उम्मेदवारीको अन्तिम नामावली ७गतेकै सांझ ४बजे सार्बजनिक गरिने छ।
यसरी माथी उल्लेखित प्रकृया पुराभएपछी फगुन १४ गते सम्पुर्ण त्रिवि माताहातका क्याम्पसहरुमा मतदान हुनेछ। तर मतदान कतिबजे देखि सुरुहुने र कतिबजे सकिने भन्ने कुरा क्याम्पस निर्बाचान समितिले तोकेअनुसार हुनेछ भने समानुपातिक सदस्यमा नाम सिफारिस गर्दा समानुपतिक सदस्य सङ्ख्याको दोब्बर सङ्ख्या राखी सिलबन्दी पेशगर्नुपर्ने समेत अनिबार्य गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...