आज माघ २७ गते अनेरास्ववियु बांके जिल्ला संयोजक सुरेन्द्र जंग शाह, सह संयोजक टेकेन्द्र मल्ल, केन्द्रिय सदस्य मोहित शाह र राष्ट्रिय युवा संघ नेपाल, बांके संयोजक कुस्माखर बस्याल, सहसंयोजक आकाश कार्की लगाएत दुबै संगठनका सदस्यहरु को टोलिले पत्रकारहरुको रोहबरमा भेरी अस्पतालका विभिन्न ब्यतिथी, बिसंगती हटाइ बिरामिलाइ चुस्त दुरुस्त सेवा दिनुपर्ने मागसहित १०बुदे ज्ञापनपत्र बुझाएकाछन।
भेरी अस्पतालमा रहेका ब्यतिथी, बिसंगती हटाइ बिरामिलाइ चुस्त, दुरुस्त सेवा नदिए कडा भन्दा कडा आन्दोलन गर्न पछिनपर्ने र त्यस्को सबै जिम्मेवारी यस अस्पताल तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले लिनुपर्ने भन्दै अनेरास्ववियु बांके संयोजक सुरेन्द्र जंग शाहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुपानन्द अधिकारिलाई ज्ञापनपत्र बुझाउनु भयो भने अस्पतालमै कार्यरत डाक्टर तथा कर्मचारी हरुले दलल प्रवृत्ति हटाउनुपर्ने कडाचेतावनी दिदै राष्ट्रिय युबा संघ बांकेका संयोजक कुस्माखर बस्यालले उक्त ज्ञापनपत्र पढेर सुनाउनुभयो।त्यस्तै अनेरास्ववियु बांकेका जिल्ला सह संयोजक टेकेन्द्र मल्लले अस्पताल फार्मेसी बाटै बिरामिलाइ आबश्यक सम्पुर्ण औषधि उपलब्ध गराउनुपर्ने, विशेषज्ञ डाक्टरहरुले नै बिहान ९ बजे देखि सांझ ५ बजे सम्म ओपिडी सेवा दिनुपर्ने तथा अस्पतालका सम्पुर्ण सेवा बिरामीले सहजरूपमा पाउने ब्यबस्था मिलाउनुपर्ने जस्ता कुरा तत्काल सुधारगर्न अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर अधिकारिलाइ चेतावनी दिदै अन्यथा यस कुर्सिमा बसिरहन नहुने समेत बताउनु भयो।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ बांके को संयुक्त टोलिले दिएको ज्ञापनपत्र बुझ्दै भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारिले यस अस्पतालमा रहेका नराम्रा कुराका बारेमा आफ्नो ध्यानाकर्षण गराएकोमा ज्ञापनपत्र बुझाउने टोलिलाइ धन्यवाद दिदै यसरी सहकार्य गर्दै गएमा आफुलाइ समेत अस्पताल सुधारगर्न सहयोग पुग्ने र सो को प्रगतीबारे बुझ्न, अनुगमन गर्न एक हप्तापछी पुनः आउन समेत आग्रह गर्नुभयो।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ बांकेले भेरी अस्पतालको ब्यतिथी सुधारकालागी चेतावनी सहित बुझायो ज्ञापनपत्र
Date:
Share post: