नेकपा जिल्ला सचिब ज्ञवालिको निधन संगै बर्दियाले गुमायो असल अभिभावक


हिजो फागुन ३ गते काठमाडौ वीर अस्पतालमा उपचारको क्रममै नेकपा बर्दिया जिल्ला कमिटी सचिब हरि ज्ञवालिको निधन भएको छ। स्वर्गीय नेकपा जिल्ला सचिब ज्ञवालिको शब आज अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय बर्दियामा राख्ने र आजै सांझ भादा घाटमा अन्त्यस्टी गरिने जनाइएको छ। उहाँ बिगत डेढ बर्षदेखी दुबै मिर्गौला फेल भइ निरन्तर डाइलेसिस प्रक्रियामा हुनुन्थ्यो।
स्वर्गीय नेकपा बर्दिया जिल्ला सचिब हरि ज्ञावलिको जन्म बि.सं. २०१८ साल जेठ २० गते पिता तुङ्गानाथ र माता थानेश्वरिको कोखबाट अर्घाखाँची जिल्लामा भएपनी हाल गुलरिया, बर्दियामा स्थाइ बसोबास गर्दै आउनुभएको थियो। उहाले माध्यमिक शिक्षा बर्दिया को राजापुरबाट लिनुभएको हो भने उच्चशिक्षा ललितपुर इन्जिनियर क्याम्पस बाट इन्जिनियर बिषय पूरा गर्नुभयको थियो।
स्वर्गीय ज्ञवाली २०४७ सालमा सरकार बिरुद्ध कर्मचारी आन्दोलन बाट सुरुभयको उहाको सकृय राजनितिक यात्रा २०५१ सालमा पुर्ब एमाले बर्दिया जिल्ला कमिटि सदस्य हुनुभएको थियो। त्यस्तै २०५४ सालमा गुलरिया नगरपालिकाको उपप्रमुख हुनुभयो भने २०६९ सालमा पुर्ब एमाले कै बर्दिया जिल्ला कमिटी अध्यक्ष भै पार्टी र जनतालाइ महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय हरि ज्ञवाली २०७५ साल देखि नेकपा बर्दिया जिल्ला सचिब हुनुन्थ्यो।
निरन्तर पर्टी र जनताकालागी संघर्स गरिरहनुभएका उहाँ इमान्दार र स्वच्छ छबिका नेता मानिनुहुन्थ्यो।ज्ञवालिको निधन भएसंगै युवा संघ बर्दियाका पुर्ब उपाध्यक्ष प्रणय ओलिले हामी बर्दिया बासी र पार्टिले एउटा असल अभिभावक गुमाएको भन्दै दुख ब्यक्त गर्नुभयको छ।
नेकपा बर्दिया जिल्ला सचिब हरि ज्ञवालिको मृत्युको यस दुखद घडिमा सम्पुर्ण सोकसन्तप्त परिवार प्रती धैर्यधारण गर्ने शक्ति मिलोस तथा मृत आत्मको स्वर्गमा बासहोस भन्दै खोज नेपाल न्युज परिवार हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close