पिडित रोसनी शाह को बयान लाइ आधार मानेर अदालतले पूर्व सभामुख महरालाइ दियो सफाई

पूर्व सभामुख कृष्ण बहादुर महरालाइ आज जिल्ला अदालत काठमान्डौले सफाई दियको छ l स्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले पिडित रोसनी शाहको बयान र रोसनी शाहको कोठामा भेटियका सामानमा महराको फिंगर प्रिन्ट नमिलेको आधारलाई मुख्य कारण मानि जिल्ला न्यायाधिस अंगराज पौडेलको इजलाशले पूर्व सभामुख महरालाइ सफाई दियको जानकारी गराउनुभयो l

महराको  तर्फबाट लब मैनाली ,भीमार्जुन आचार्य, रमण श्रेष्ठ ,शेर बहादुर केसी लगायतका वकिल हरुले बहस गरेका थिय l सरकार पक्ष बाट उमाकान्त खनाल सहितका वकिलहरुले बहस गरेका थिय l

संघिय   संसद सचिबालयमा कार्यरत स्टाफ नर्स रोशनि शाहलाइ बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पूर्व सभामुख महरा पक्राउ परेका थिय भने कार्तिक १८ गते जिल्ला न्यायाधिस सुदर्सन पाण्डेको यकल इजलाश ले महरालाई थुनामै  राखेर मुद्धा अगाडी बढाउन आदेश दियको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close