बिरामी महिला हुनुहुन्छ। अहिले परिचय यतिमात्र दिउ भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आजको बिशेष पत्रकार सम्मेलन सुुुरु गर्न्नु भयो।
उक्त विशेष पत्रकार सम्मेलनमा मन्त्री ढकालले चैत्र ४ गते फ्रान्स बाट कतार हुँदै नेपाल आएकी ती १९ बर्षिय नेपाली युवती आफै होम क्वारेन्टाइनमा बसेको र रुघाखोकी लागेपछी स्वाब परिक्षण गर्दा हिजो आइतबार कोभिड-१९ को संक्रमण पोजेटिभ देखिएको र उपचारका लागि अस्पताल लगिसकिएको समेत जानकारी गराउनु भयो।
स्वास्थ्य मन्त्री ढकालले ती संक्रमित महिलाको परिवार सहित सम्पर्कमा रहेका सबैलाइ होम क्वारेन्टाइनमा राखिएको तथा युबतिसंगै बिमानमा को को आएकाथिए भन्ने बारे ट्र्याक गरिने कार्य भैरहेको बताउनु भयो।
नेपालमा भित्रीयो कोरोना एक महिला संक्रमित- स्वास्थ्य मन्त्री ढकाल
Date:
Share post: