नेकपा कोहलपुर नगरकमिटी अध्यक्ष अधिकारीको आग्रह, तत्काल कालोबजारी रोकि क्वारेन्टाइन को ब्यबस्था गर

Date:

Share post:


नेपाल कम्युनिस्ट पार्टी नेकपा कोहलपुर नगरकमिटी अध्यक्ष बसन्ती अधिकारिले हिजो चैत्र १० गते प्रेस बिज्ञप्ती जारी गरि दैनिक उपभोग्य सामाग्री इन्धन, मास्क , खाद्यान्न लगाएत अत्यावश्यक बस्तुहरु को कालो बजारी भयको सुनिन आएकोले कोहलपुर नगरपालिका र उद्योग बाणिज्य संघ मिलि अनुगमन गर्न तथा कालोबजारी गरेको पाइएमा कडा कारबाही गर्न अनुरोध गर्नुभएको छ।
उक्त नेकपा कोहलपुर नगरकमिटी अध्यक्ष बसन्ती अधिकारी र सचीव तुलाराज बिष्ट द्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा कोहलपुर नगरपालिका अन्तर्गत १ देखि १५ सम्मका सबै वडाका पार्टिका वडा अध्यक्ष र सचीवले कोरोना भाइरसका लक्षण तथा यसबाट वच्न अपनाउनु पर्ने उपायहरुका बारेमा आ आफ्नो वडाक्षेत्रमा माइकिङ्ग गर्न निर्देशन दिने र स्थानिय सरकारलाइ तत्काल कोभिड १९ सम्बन्धी शंका लागेका बिरामिलाइ राख्न क्वारेन्टाइन, आइसोलेसन लगाएत को ब्यबस्था गर्न अनुरोध गरियको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...