किन र के का लागी लकडाउन अर्थात # Stay at home ?

Date:

Share post:

राज्य , प्रदेश, जिल्ला वा कुनै पनि क्षेत्रमा कुनै किसिमको महामारी वा यस्तै किसिमको अवस्थामा जनतालाइ हिडडुल गर्न, सम्पर्कमा आउन नदिने ब्यवस्थालाइ लकडाउन भनिन्छ । अर्थात जनतालाइ स्वो-बिबेकले घरभित्रै रहन अनुरोध गर्ने कार्य हो । यसमा जनतालाइ सु-सुचित गरिन्छ । यो कार्यमा राज्य र जनताको साझा स्वार्थ हुन्छ जुन निस्चित उदेश्य पूरा गर्नकालाइ जारी गरिन्छ । यसमा जनताको मौलिक हकको हनन राज्य द्वारा गरिदैन वा भनौ जनताले आफ्नो मौलिक हक स्वतन्त्रता पुर्बक उपभोग गर्न पाउदछन तर राज्य वा कुनै क्षेत्र ले गरेको यस अनुरोधलाइ सबैले स्व-बिबेकले मान्नु पर्छ, अबलम्बन गर्नुपर्छ ।

लकडाउनका पनि विभिन्न चरणहरु हुन्छन जस्तो कि पहिलो चरणमा कुन परिस्थितिको सामना गर्न वा कुन उदेश्य प्राप्तिका लागि गर्ने हो सो बारेमा देश र जनतालाइ सु-सुचित गराउने , यस ब्यवस्थाको पालना गरे देश र जनतालाइ अथवा सो क्षेत्रका जनतालाई के फाइदा हुन्छ ? र अवज्ञा गरे के बेफाइदा हुन्छ ? सो को बारेमा समेत जानकारी गराउने गरिन्छ । यसरी पाएको जनकारीको आधारमा उक्त क्षेत्र वा राज्यका जनताले आफ्नो स्व-बिबेकको प्रयोग गरि राज्यलाइ सहयोग गर्ने गर्दछन भने उक्त लकडाउन अर्थात Stay at home को ब्यवस्थालाई पालना गर्दा पर्न गएको जनाताका असुबिधा तथा असरलाई राज्यले बढी भन्दा बढी सम्बोधन गर्ने गर्दछ । तेस्तै निश्चित उदेश्य प्राप्ती नभय सम्म वा राज्यले गरेको लकडाउन को घोषणाको उल्लंघन वा अटेर गरे लकडाउनको दोस्रो चरणमा राज्य प्रबेश गर्न सक्दछ । यो दोस्रो चरण्मा राज्य वा सरकार अलि कडा रुपमा देखिन्छ वा सामान्य बल प्रयोग गर्दछ र निषेधाज्ञा समेत जारी गरि कर्फ्यु लगाउन सक्दछ । जुन अवस्थामा जनताका केही मौलिम अधिकार हनन हुन समेत सक्छ ।

हाल चिनको हुवान प्रान्त बाट महामारिको रुप लिइ विश्वब्यापि भैरहेको कोरोना भाइरस कोभिड -१९ का कारण विभिन्न देश हरु चीन ,स्पेन ,इटाली ,भारत लगायत नेपालमा समेत लकडाउनको घोषणा गरिएको छ । यो लकडाउन गर्नाको मुख्य कारण कोरोना भाइरस एक ब्यक्ती बाट अर्को ब्यक्तिमा सजिलै र छिटै सर्ने प्रकृतिको भएको र उक्त कोभिड -१९ भाइरसको औषधि पनि बनी नसकेकाले यस रोगबाट बच्ने एकमात्र उपाय रोगिको या रोगका किटाणु बोकेका मानिस, जनावर र बस्तुको सम्पर्कमा आउन नदिइ रोग फैलिन बाट बचाउनु हो । अत: विश्व नै कोरोना भाइरस कोभिड-१९ का कारण आक्रान्त भै विषम परिस्थिति श्रीजना भयकाले आफू पनि बाच्ने र अरुलाइ पनि बचाउने नीति सहित राज्यले लागू गरेको लकडाउन अर्थात स्टे एट होमको स्व-बिबेक प्रयोग गरि सबैले लागू गर्ने कि ….?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...