वीर तथा ट्रामाका ठेकेदार र अस्पतालको लापरबाहिका कारण मजदुरहरु कोरोना संक्रमणको उच्च जोखिममा

Date:

Share post:

काठमाडौं
विश्वभरी कोरोना संक्रमणको त्रासले प्रायः सबै जसो देश लकडाउनमा बसिरहेका बेला हाम्रो देश नेपालका विभिन्न वीर अस्पताल , ट्रामा सेन्टर लगायत अस्पतालहरुमा सरसफाइको क्षेत्रमा कार्य गरिरहेका मजदुरहरु कोरोना भाइरस कोभिड- १९ संक्रमणको उच्च जोखिमा रहेर काम गर्न बाध्य रहेको गुनासो आएको छ। कोरोना भाइरस संक्रमणबाट बच्ने न्युनतम माक्स, पन्जा लगायत PPI का सामाग्री प्रयोग बिना कामगर्न बाध्य भएको तथा बारम्बार अस्पताल प्रशासन र ठेकेदारलाइ भन्दापनी सुनुवाइ नभएको वीर अस्पताल र ट्रमा सेन्टरका सरसफाइ क्षेत्रमा खटिने मजदुरहरुले खोज नेपाल न्युज संग बताएका छन।
वीर अस्पतालमा सरसफाइ क्षेत्रमा कार्यरत मजदुर मिना रेग्मिले बारम्बार अस्पताल प्रशासनलाई भन्दा हाम्रै कर्मचारीलाई त माक्स, पन्जा दिनसकेका छैनौ तपाइँ ठेकेदारका मान्छेलाई कसरी दिने भन्दै गैरजिम्मेवारी जवाफ दिनेगरेको तथा आफुहरुलाइ काममा लगाउने नमस्ते गार्डेनिङ्ग कन्सलटेन्सी प्रा.ली. जे.भि. ललित सेक्युरिटी कम्पनीका संचालक तेजप्रसाद घिमिरे लाई भन्दा मैले माक्स, पन्जा लगायतका सामाग्री खरिद गर्न पैसा लिएको छैन भन्दै सम्पर्कमा आउन नखोज्ने गरेको बताएकी छिन। यता ट्रमा सेन्टरको सरसफाइ क्षेत्रमा कामगर्ने एक मजदुर इश्वरी कडेलले समेत अस्पताल प्रशासन तथा ठेकेदार दुबैले उस्तै जवाफ दिने गरेको बताइन। मजदुरहरुका अनुसार वीर र ट्रमा दुबैको ठेकेदार तेजप्रसाद घिमिरे नै हुन।
ट्रमा र वीर अस्पतालको सरसफाइ क्षेत्रमा मात्र करिब १६० जना मजदुरहरु यसरी माक्स, पन्जा बिनानै कोरोना भाइरस संक्रमणको उच्च जोखिम मोलेर काम गरिरहेका छन। के हामी नेपाली नागरिक होइनौं?, के हामिहरुलाइ कोरोना भाइरसले संक्रमण गर्दैन र? किन हामिलाइ न्युनतम PPI का सामाग्री माक्स, पन्जा पनि उपलब्ध गराइएको छैन? लगाएतका प्रश्न गर्दै ती मजदुरहरुले हाम्रा यी न्युनतम माग लाई धेरै भन्दा धेरै सेयर गरि सम्बन्धित निकाय तथा सरोकारवाला सम्म पुर्याउन समेत सबैलाइ अनुरोध गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...