बांके
कोहलपुर बांके स्थित १० बिघामा रहेको नेपालगन्ज मेडिकल कलेजबाट नेपालगन्ज जाँदै गरेको भे १ च ८२४ नम्बरको नेपाल रेडक्रस सोसाइटी उपशाखा बारबर्दिया-६ जयनगर बर्दियाद्वारा संचालित एम्बुलेन्स र से ५प ४८४ नम्बरको मोटरसाइकल न्युरोडमा होटल अतिथी नजिकै ठोकिदा मोटरसाइकलमा बसेकी एक जना महिलाको निधन भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन।
मृत्यु हुने महिला कालिकोट जिल्ला नरहरी गाउपालिका कि शोभा भट्ट तथा गम्भिर घाइते सोही स्थान कै मोटरसाइकल चालक द्धन्द बिक्रम बिष्ट रहेको कोहलपुर इलाका प्रहरी कार्यालयका डि एस पि कुलदिप चन्दले जानकारी गराउनु भयो। तेस्तै एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका वाड नम्बर ६, बर्दियाका रामबहादुर थारुलाइ हातमा सामान्य चोटलागेको समेत बताउनु भयो।