युबा नेता गौतमको नेतृत्वमा बर्दियाली युबासमुहले लकडाउनका कारण भोकै रहेका मजदुरहरुलाइ गर्यो रहत बितरण

Date:

Share post:

काठमाडौं


कोरोना भाइरस कोभिड-१९ ले बिश्वब्यापी महामारिको रुप लिएसंगै यहि चैत ११ गते देखि सुरुभएको लकडाउनका कारण आर्थिक तथा खाद्यान्न अभाव भई भोकै बस्नुपर्ने समस्यामा रहेका मजदुरलाई नेकपा बर्दिया जिल्ला सदस्य तथा युबा नेता हरिशदेभ गौतमको नेतृत्वमा शिव रिमाल, महेन्द्र बिष्ट , प्रवेश महत क्षेत्री, टिकाराम जोसी लगाएतका बर्दीयाली युवा समूहले हिजो शुक्रबार २१ गते राहत वितरण गरेको छ।युवा समाजसेबी हरिशदेव गौतमको अगुवाइमा काठमाडौंको ठमेल, महाराजगन्ज र कपन मा पुगेर चामल, दाल, तेल, मरमसलासहित खाद्यान्न बितरण गरेको हो।

उक्त बर्दियाली युबा समुहले बर्दियाबाट कामको खोजिमा आएका र हाल लकडाउनभए संगै भोक भोकै बस्नुपर्ने बाध्यतामा परेका १०० जना मजदुरहरुलाइ राहत वितरण गरिएको छ। ठमेलमा ७८ जना, महराजगंजमा १२ जना र कपनमा १० जनालाई सोही स्थानमै पुगेर आवश्यक खाद्यान्न वितरण गरेकाले राहत प्राप्त गरेका मजदुरहरुले युवा नेता गौतम लगाएत सम्पुर्ण बर्दियाली समुहले हामि खान नपाइ भोकभोकै बस्नुपर्ने यस्तो दु:खद घडिमा सहयोग गरि अभिभावक को भुमिका निर्बाह गरेको मा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेका छन। ठमेलको राहत वितरण कार्यमा गाहिटी युथ क्लबले समन्वयनकारी भूमिका निर्वाह गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...