बर्दिया
बिश्वब्यापि महामारीका रूपमा फैलीएको कोभिड-१९ कोरोना भाइरस का कारण बिगत २ साता देखि देशभर लकडाउन रहेको छ। सो लकडाऊनका कारण बर्दिया जिल्लाको बारबर्दियामा पनी दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने परिवारको अवस्था दयनीय भैरहेका बेला एनआइसि एसिया बैंक मगरागाडि शाखाले बारबर्दिया नगर प्रमुख लाई एक लाख बराबरको अत्यावश्यक खाद्यान्न सामाग्रि आज हस्तान्तरण गरेको छ। बैंकका मगरागाडि शाखाप्रमुख रोहित कुमार बिष्टले उक्त राहत सामाग्री नगरप्रमुखलाई हस्तान्तरण गर्दै भने – सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले न्यून आम्दानी भएका, अति विपन्न, सिमान्तकृत परिवारहरुलाई तथा जस्को घरमा खाद्यान्न अभावले भोकै बस्नु पर्ने अबस्था आकोछ उनिहरुलाइ यी खाद्यान्न सामाग्री उपलब्ध गराएर लकडाउन सफल बनाउन तथा दैनिक जिबनमा थोरै भएपनी सहज हुनेछ।
तेस्तै उक्त राहत सामाग्री बुझ्दै बारबर्दिया नगरप्रमुख दुर्गा बहादुर थारु ‘कबिर’ले बैंक लाई धन्यवाद ज्ञापन गर्दै सरकार मात्र नभई हरेक नेपाली, संघ संस्था एवं नागरिकको संयुक्त प्रयास र योगदानले मात्र यस महामारीको समयमै न्यूनीकरण तथा नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे भने लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई नगरमा सक्रिय एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, एलसी, ग्यारेन्टी जस्ता सुविधाहरू उपलब्ध गराउंदै आएकोमा प्रशंसा समेत गरे ।