बारबर्दिया ८ नं वाड अध्यक्षको सक्रियतामा आर्थिक संकलन गरि राहत बितरण

Date:

Share post:

बर्दिया


कोरोनाले बिश्वब्यापी महामारीको रुप लिएसंगै बिगत चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण जनताहरु भोकभोकै बस्न नपरोस भन्ने उद्देश्यले बारबर्दिया नगरपालिकाको वाड नं ८ को स्थानिय सरकारले आज चैत्र ३० गते ५८ घर परिवारलाइ राहत बितरण गरेको छ। उक्त बारबर्दिया नगरपालिका वाड नं ८ का वाड अध्यक्ष हरि प्रसाद भुषाललको सक्रियतामा आफ्नै वाडमा आर्थिक संकलन गरि राहत बितरण गरियको हो भने केही रकम नगरपालिकाले पनि सहयोग गरेकोअध्यक्षले बताए।


यस बारबर्दिया नगरपालिका ले ८ नं वडामा यसभन्दा अघि चैत्र२३ गते पनि ४६ घरपरिवारलाइ करिब १ लाख बराबरको अत्यावश्यक खाद्यान्न राहत बितरण गरोसकेको थियो। यस वडा अन्तर्गत रहेका श्रमजीवी गरिब परिवारका अन्य घरपरिवारलाई पनि खानको समस्या पर्न थालेपछी वाड अध्यक्ष भुषालले आफ्नै पहलमा वडा भित्रकै सम्पन्न घरपरिवार बाट आर्थिक सन्कलन गरि पुनः बिपन्न घरपरिवारलाई राहत बाडेका हुन।


उक्त राहत बाड्नेकार्य राम्रो र सराहनिय भएपनी केही केही हुनेखानेले पनि उक्त राहत पाएको र घरमा चुलो नबलेका कोहि कोहि छुटेको भन्दै केही ब्यक्ति गुनासो गर्दै थिए।सोही मध्यका एकजना सैलेन्द्र नेपाली ले आफू गाडिमा सहचालक काम गरेर ८,९ जनाको परिवारलाइ हेर्न पर्ने तर हाल लकडाउनका कारण काम गर्न नपाएर घरै बस्दा घर खान चामल नहुदापनी आफुलाइ छुटाएको गुनासो गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...