मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

Date:

Share post:

मेष राशिका जातकका लागि समग्रमा २०७७ साल शुभफलदायी नै रहनेछ । बृहस्पतिको प्रभाव वर्षभरी कर्म स्थान र आय स्थानमा बस्ने हुँदा मनोवांछित शुभफल प्राप्त हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक र वैदेशिक क्षेत्रपनि सबल हुनेछ । शनि ग्रहले पनि शुभ फलनै दिनेछ, अत: समग्रमा यो वर्ष राम्रो छ । 
व्यापार/व्यवसाय 
शेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । खाद्यान्न व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाटपनि राम्रो प्रतिफल पाईनेछ । तर धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । श्रावण र मङ्सिर महिनामा हानी हुनेछ भने असार र कार्तिक महिनामा अधिक लाभ मिल्नेछ । 
प्रेम/सम्बन्ध 
यो वर्ष प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ । कसै कसैले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् । आफन्तहरू ले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । 
शिक्षा 
स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । विज्ञान र शोध विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर कार्तिक र पुष महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । 
पेसा/रोजगार 
नयाँ जागिरको अवसर मिल्नेछ र पदोन्नतिको सम्भावनापनि रहेकोछ । प्राविधिक क्षेत्रका पेसा कर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । 
स्वास्थ्य 
स्वास प्रस्वासमा समस्या आउन सक्नेछ । टाउको तथा आँखाको समस्यापनि बढ्नसक्छ । घर-परिवारको स्वास्थ्यमा खर्च बढ्नेछ ।
शुभ रङ्ग 
रातो, गुलाबी र निलो शुभ रङ्ग हो । 
शुभ अङ्क 
१, २, ३, ५ र ७ शुभ अङ्क हो । 
दर्शन/पूजा/उपाय 
प्रत्येक मंगलवार विघ्नहर्ता गणेशजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । प्रत्येक दिन निमुखा प्राणीलाई खानेकुरा दिने र मान्यजनको आशिर्वाद लिनुका साथै हनुमानजीको दर्शन / पूजागरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि गणेशजीको स्मरण गर्नाले राम्रो हुनेछ ।


ज्यो. पंडित नारायण प्रसाद
ज्यो. पंडित नारायण प्रसाद
मो. ९८४९५५९५०२ (थप जानकारीका लागि )

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...