वृष राशि भएका व्याक्तिहरू का लागि २०७७ साल मिश्रित फलदायी रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै आफ्नो अनुकूलताको फल मिल्नेछ । तर शनि कमजोर हुने हरूलाई श्रावण २१ देखि मंसिर १ गते सम्म अढैयाशनिको प्रभावले नराम्रा एवं दुखद् समचार सुनिने, गरेको कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ यदि जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभफल मिल्ने निश्चित छ । व्यापार/व्यवसाय व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष उत्कृष्ट फल मिल्नेछ । नयाँ लगानी र नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । शेयर बजारमा गरेको लगनीले सफलता दिलाउनेछ । बैंकिंग क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । तर जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगनीले सफलता नमिल्न सक्छ । शनि कमजोर भएकाले अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । व्यवसायीक दृष्टिले जेठ, भाद्र महिना फलदायी हुनेछैन । प्रेम/सम्बन्ध प्रेमी / प्रेमिकाका घर परिवारबाट समर्थन जनाउनेछन् । तर शनि कमजोर भएका व्यक्तिहरूको भने प्रेममा केहि अफ्ठ्यारा परिस्थितीहरू सिर्जना हुनेछन् र पति-पत्नीबीच दुरि बढ्नेछ । शिक्षा यो वर्ष शैक्षिकक्षेत्रबाट राम्रो प्रतिफल मिल्नेछ । विज्ञानका विद्यार्थीहरूलाई पढाई-लेखाईमा बाधा आउनेछ । इंजीनियरिंग विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । भाद्र र चैत्र महिनामा रोकिएको परीक्षा सजिलै उत्तीर्ण गर्न सकिनेछ । पेसा/रोजगार नोकरीमा पदोन्नति गर्न सकिनेछ तर व्यवसायमा खासै राम्रो हुने योग छैन । बैदेशिक रोजगारमा लागेकालाईपनि समय त्यति राम्रो छैन, स्वदेश फिर्ता हुन सक्छ । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताको असमर्थताको सामना गर्नु पर्नेछ । स्वास्थ्य यो वर्षमा पेट तथा वायु विकारको समस्या रहनेछ । घर परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । रक्तचापको समस्यापनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ । शुभ रङ्ग सेतो, गुलाबी, हरियो, सुन्तला शुभ रङ्ग हो । शुभ अङ्क २, ४, ५, ६ र ८ शुभ अङ्क हो । दर्शन/पूजा/उपाय प्रत्येक सोमवार शिवजीलाई जल चढाई दर्शन / पूजा गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ । सोमवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक सफलता मिल्नेछ ।