कन्या राशीका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । शत्रु पक्ष सबल हुनेछन् र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, तर आर्थिक पक्ष भने सबल रहनेछ । वर्षको उत्तरार्धबाट मानसिक चिन्ता बढाउने र मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ । तर शनि कमजोर भएका व्यक्तीलाई श्रावण २१ देखि मंसिर १ गते सम्म अढैयाशनिको प्रभावले नराम्रा एवं दुखद् समचार सुन्नमा आउन सक्छ ।
व्यापार/व्यवसाय
व्यापारीक दृष्टिले यो वर्ष सोचे अनुसार राम्रै रहनेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पहिरन तथा शृंगारको व्यापार फस्टाउनेछ । घर जग्गा, वित्तीय संस्था र सेयर बजारको कारोवारबाट लाभ नै हुनेछ । धातु र खाद्यान्नको कारोवारमा मन्दि आउनेछ । आर्थिक दृष्टिले असार, साउन, पुष र फागुन महिना लाभदायक रहनेछ ।
प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि त्यति उपयुक्त देखिदैन साथै दाम्पत्य जीवनमापनि मत भेद बढ़्न सक्छ, तर कात्तिक महिनाबाट प्रेम प्रस्ताव आउने र प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ ।
शिक्षा
यो वर्ष अध्यन अध्यापनको क्षेत्र सामान्य नै रहनेछ । वर्षको पूर्वार्धमा रिजल्ट राम्रो हुनेछ, तर उत्तरार्धमा रिजल्ट त्यति अनुकुल नहोला । गणित तथा आई. टी. विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने सामान्य नै रहनेछ ।
पेसा/रोजगार
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला अएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । मंसिर महिना पछि नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले सजकता अपनाउनु पर्नेछ र राजनैतिक क्षेत्रमापनि विविध समस्या आई पर्ला ।
स्वास्थ्य
हड्डी तथा आँखा र कानको समस्या बढ्न सक्छ र दिर्घकालीन औषधको सम्भावना रहनेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला । आफन्त र घरपरिवारका लागि स्वाथ्य उपचारमा खर्चपनि बढ्नेछ ।
शुभ रङ्ग
हरियो, गुलाबी, रातो र सेतो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ५ र ६ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न हनुमानजीको दर्शन / पूजा र आरधना गर्नाले राम्रो हुन्छ । शनिवार पिपल वा अन्य वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले राम्रो हुनेछ ।