वृश्चिक राशी हुने हरू का लागि श्रावण २१ गतेदेखि मंसिर १ गते सम्म शनिको अन्त्य साढेसाती रहेको कारण जन्म कुण्डलीमा शनि कमजोर रहने जातकहरूलाई गरेको कार्यमा उल्झन तथा काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ, तर बृहस्पतिग्रह राम्रो हुनेहरू कालगी विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढंगले सफलता दिलाउनेछ । सामाजिक र वैदेशिक क्षेत्रमा प्रभूत्व जमाउनपनि सकिनेछ ।
व्यापार/व्यवसाय
यो वर्ष जग्गा जमीन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । शैक्षिक र सेवामुलक व्यावसायबाट बढी सफलता पाईनेछ । आर्थिक दृष्टिले बैशाख, भदौ, कात्तिक र फागुन महिनामा बढी सफलता मिल्नेछ ।
प्रेम/सम्बन्ध
वर्षको पूर्वार्धमा प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ । पूराना र टाढीएका मित्रसंग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद भए पनि मायाँ एवं समझदारी भने कायम नै रहनेछ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ ।
शिक्षा
वैदेशिक क्षेत्रमा रहेका वृश्चिक राशीका विद्यार्थीहरूलाई यो वर्ष त्यति राम्रो देखिन्न । विज्ञान र शिक्षाशास्त्र विषयका विद्यार्थीहरूलाई भने बढी सफलता मिल्नेछ ।
पेसा/रोजगार
नोकरीगर्नेहरू लाई यो वर्ष प्रमोसन हुने योग छ । नयाँ कार्यको थालनी र लगानीले सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । कृषि, पर्यटन तथा होटल पेसामा आवद्ध व्यक्तिहरूलाई भने विविध झमेला या समस्या आउन सक्छ ।
स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव हुनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा विशेष ख्याल गर्नु पर्छ र सतर्कता अपनाउनु पर्छ । वर्षको उत्तरार्धमा परिवारमा जिम्मेवारी बढ्नाले अली बढी औषध उपचारमा खर्च बढ्नेछ । नशा तथा रक्त संचारमा सामान्य समस्या आउन सक्छ ।
शुभ रङ्ग
सेतो, नीलो, गुलाबी र रातो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ३ र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपीडा कम भई समृद्धता मिल्नेछ । असहायलाई खुसि पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र अरुको उपकार गर्नालेपनि भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन आफ्नो माता पिताको आशीर्वादलिई आफ्नो सत्कर्म गर्नाले गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।