फेरि थपियो लकडाउन, नेपालमा पनि कोरोना संक्रमित बढ्दै- १६ जना पुगे

Date:

Share post:

काठमाडौं –
हिजो बैशाख १ गतेसम्म नेपालमा जम्मा १४ जना कोरोना पोजेटिभ बिरामी देखिएको थियो भने पुन: आज थप २ जनामा कोरोना पोजेटिभ देखिएको छ। आज मात्र आएको स्वास्थ परिक्षण रिपोर्टमा राजधानी काठमाडौंको सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका ३ जना मध्य २ जनामा कोरोना पोजेटिभ देखिएको हो भने एक जनाको रिपोर्ट आउन बांकी भएको जनाइएको छ। यसरी दिनप्रतिदिन कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछी आज बैशाख २ गते बसेको मन्त्री परिषदको निर्णयले भोलि ३ गते सकिने भनेको लकडाउनको अबधी १२ दिन बढाएर बैशाख १५ गतेसम्म पुर्याएको छ। उता भारतमा आज अप्रील १४ तारिखमा सकिने लकडाउनको समय बढाएर मे ५ तारिखसम्म पुर्याएको छ।


हालसम्म कोरोना पोजेटिभ बिरामी १६ जना मध्य सुदुरपस्चिम प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं २ मा ४ जना र काठमाडौंमा ४ जनाको उपचार भैरहेको छ भने एकजना कोरोना पोजेटिभ बिरामी निको भै घर फर्किसकेका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...