२०७७ वैशाख महिनाको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

वैशाख महिना समग्रमा सकारात्मक महिना रहेको छ । इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । परिवार संग रमाइलो भेटघाट हुनेछ । महिनाको उत्तरार्धबाट महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने र कार्यमा बाधा आउला । यो महिनाको लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष (इ,ओ,ओ,ओ,वा,वि,वु,वे,वो)

यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । खर्चको मात्रा बढ्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्ने र नयाँ योजना बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजक रहन आवस्यक छ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरी कार्य गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

यो महिनामा तपाईंको राशिबाट पाँचौ भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । प्रेमिको सहायोग पाईनेछ । सन्तानबाट सुख मिल्ला । कृषि क्षेत्रमापनि सफलता मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

वैशाख महिनामा सामाजिक कार्य अघी बढ्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता नवग्रहको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)

यो महिनामा तपाईंको राशिबाट आठौ भावमा सूर्यले भ्रमण गर्नाले विविध समस्या आउन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । १५ गतेबाट समय राम्रै रहला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हल्का हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)

शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु)

वैशाख महिनामा बोलीको भरमा कार्य सम्पादन हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । जोश,जाँगर र हिम्मत बढ्ला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सेवा मूलक कामबाट सुख, शान्ति र सफता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु ( ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

यो महिनामा अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवालयको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

शुभकार्यको चर्चा चल्नेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग निलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)

यो महिनामा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । सहकार्यको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्गे रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु अघि महालक्ष्मीजीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)

वैशाख महिनामा छरछिमेकमा सम्पन्न हुने धार्मिक / सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण / दर्शन ध्यान गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close