जनताका समस्यालाइ नजरअंदाज गरे फेरि अर्को बिद्रोह जन्मिन सक्छ -प्रवेश महत क्षेत्री बिद्यार्थी नेता

Date:

Share post:

काठमाडौं –
जनताले नै राज्यको कानुन बनाउने, शासन गर्ने, र राज्यलाई समृद्धिको गन्तब्यमा मार्गनिर्देश गर्ने भन्ने सपना बोकेर गणतन्त्रका लागि लडि राजतन्त्रको अन्त्य गरि गणतन्त्र घोषणा भयो। अहिलेको परिवेश र घटनाक्रमहरु हेर्दा यो गणतन्त्र हैन शिशु गणतन्त्र हो ।यहाँ अर्धसामन्तवाद हावी छ।हामी बेकारमा पुजिबादी क्रान्ती सम्पन्न भयो अब समाजवादी क्रान्ती सुरुवात गर्छौ भन्दै छौ,पुजिबादि ब्यबस्था त भर्खरै उदय हुंदैछ।अहिले नेताको व्यवहार शैली राजा महाराजाको अनि कार्यकर्ताको शैली व्यापारी र ठेगेदारको जस्तै भएको छ।यहाँ रास्ट्रका लागि चिन्ता गर्नेको अभाव छ।कार्यकर्ताहरु अरिङ्गाल, निम्छरो, छौँडा बनेका छन। उनिहरु संग भ्रस्टाचार र ब्यथितिका बिरुद्द बोल्ने, प्रतिकार गर्ने नत हिम्मत छ नत आत्मबिश्वास नै।उनिहरु यति सम्म कमजोर मानसिकता बोकेर हिडेका छन कि हेर्ने चस्माले कालोलाई सेतो र सेतोलाई कालो देखांउछ। गलत प्रवृत्ति उनिहरुका लागि आफ्नाको सवालमा अमृत, जल र अर्काको हकमा बीष बनेको छ।आलोचना सहन नसक्ने नेताहरुको शैली र प्रवृत्तिको बचाउ गर्ने कार्यकर्ताको केमिस्ट्री यसरी अन्तरघुलन भएको छ कि त्यसको जोडफलले सधैं स्वार्थको मात्र भकारी भर्ने गर्छ। शिद्धान्त अनुसार राजनैतिक दलहरु चले अहिलेका ब्यथितिहरु देखा पर्ने थिएनन।केबल ब्यत्तिगत स्वार्थमा निहित छन सबै राजनैतिक दल र तिनिहरुका नेता कार्यकर्ता।यो नेपाली जनता र नेपाल रास्ट्रका लागि नै घातक छ।कुनै पनि राजनैतिक दल मार्गदर्शन,कार्यदिशा र अनुशासनमा बांधिएको हुन्छ।तर आजको अवस्था फरक छ,यहाँ सिद्धान्तलाई मिल्काईएको छ र ब्यत्तिवादी चिन्तन हावी भएको छ।द्वन्द्वात्मक भौतकवाद भनेर हामिले जति नै चर्चा र परिचर्चा गरेपनी यहाँ व्यबहारमा ठिक उल्टो भएको छ। नेता कार्यकर्ताको यहि छाडापन, एउटाले अर्कालाई निषेध गर्ने, चम्चागिरी, खुरापाती जस्ता शैलीले पार्टीका मूल्य- मान्यतालाई त मिल्कायो मिल्कायो राष्ट्रियतालाई पनि धराशय बनाएको छ।यहाँ रास्ट्र के हो,जनता को हुन,रास्ट्र र जनता प्रती उत्तरदायित्व के हो सबै शून्य शुन्यमा परिणत भएका छन।रास्ट्र र जनता प्रतिको आफ्नो जिम्मेवारी भुल्ने रास्ट्र सेवक र जनप्रतिनिधिहरु बाट जनताले आश मारिसकेका छन। नेपालि आकाशमा निराशाको कालो बादल मडारिएको छ।अहिलेको बर्तमान परिपक्षमा छातिमा हात राखेर भन्नू पर्दा कम्युनिष्टहरु कांग्रेसी शैलिका भए,यो दु:खद कुरा हो,यो प्रवृत्तिले कम्युनिष्ट बिचारधारामा आस्थावान नेपाली जनता र सच्चा कम्युनिष्टहरुलाई गहिरो चोट परेको छ,अर्को अर्थमा भन्नू पर्दा कम्युनि@ष्ट आन्दोलन माथी ठुलो जालझेल, कुठाराघात भएको छ।सोझो भाषामा भन्ने हो भने अबको आवश्यकता भनेको कम्युनिष्ट पार्टी सुदृढीकरण नै हो,हैन भने कम्युनिष्ट आन्दोलन संसोधनवादको दलदलमा फस्ने निश्चित छ।


लेनिनले भन्नू भएको छ,नयाँ परिस्थिति अनुसार आफ्नो आचरण निर्धारण गर्नु,दिनदिनका घटना र छुद्र राजनितिक तिकडम र फेरवदलसंग आफुलाई ढाल्नु,सर्वहारा बर्गका आधारभुत हितको बलि चढाउँदै पुँजिवादी लक्ष्य र बिकासबारे बिर्सिदिनु संसोधनवादको नीति हो।अहिलेको घटनाक्रम नजर अन्दाज गर्ने हो भने यहि परिस्थिति देखा परेको छ।आफ्ना क्षणिक लाभका लागि जो कोहिले पनि छलकपट र जालझेलको बाटो रोज्छ्न र केही नदेख्ने गरि आँखा चिम्लिदिन्छन।आजको नेपालको राजनीतिलाई हेर्ने हो र हरेक समाजलाई अध्यन गर्ने हो भने जनतालाई नेताहरुको बिश्वास छैन,नेतालाई जनताको, जनतालाई नेता तथा जनप्रतिनिधिहरु प्रती बितृष्णा जागेको छ, आक्रोश बढेको छ। जनता,जनप्रतिनिधि र नेताहरु बिचको दुरी बढेको छ।सर्वहारा बर्गको अधिनायकत्व नै मार्क्सवादी सिद्धान्त हो भन्नेहरु आज करोडको मोलमोलाई गरिरहेका छन,करोडकै बिज्ञापन गरिरहेका छन र आँफै बदनाम भएका छन तर पनि उनिहरुलाई न कुनै पश्चताप छ न उनिहरुमा आत्मालोचनाको भावनाको बिकास भएको छ।


अहिले बिश्वब्यापी रुपमा कोभिड-१९ अर्थात नोबेल कोरोना भाईरसले महामारीको रुप लिइरहेको र सिङ्गो विश्वनै आक्रान्त भै लकडाउन भएको स्थितिमा छ।आज मानव जातिको अस्तित्व नै खतरामा परेको छ।यस्तो दुखदायी र पिडादायी घडिमा रास्ट्रका जिम्मेवार ब्यत्तिहरुले गम्भीरताका साथ जनताका समस्याहरुलाई संबोधन र त्यसको लागि उचित निर्णयहरु लिन सकिरहेका छैनन।दिन प्रतिदिन समस्याका चाङहरु बढ्दै गएका छन,जनताहरुको दैनिकी दिन प्रतिदिन कष्टकर बन्दै गैरहेको छ तर पनि जिम्मेवार पक्ष मौन छ। नेपालीमा भनाई छ, काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर ,हो यहाँ यस्तै भैरहेको छ।जनताले के चाहन्छन भन्ने कुरा जिम्मेवार पक्षले भुलेका छन। यहाँ जिम्मेवार पक्ष कमिसनको तानाबाना बुन्दै एकपछी अर्को छलकपट गर्दैछन। उनिहरु आफू नाङ्गिदा पनि चाल पाएको छैनन र नाङ्गो नाच नाचिरहेका छन।जनताको जनमत लत्याएर निहित स्वार्थमा नेपाली आकाशको कालो बादल भित्र हराइरहेका, मडारिरहेका र कुस्ती खेलिरहेका देखिन्छन। आज लकडाउनले नेपाली समाजमा सामाजिक दुरी त कायम गरेको छ,त्यो संगै सरोकारवालाहरु र जनताहरु बिचको बिश्वासको दुरी पनि बढ्दै गएको छ।श्रमजिवी मजदुर नचिन्ने सरकारले जसरी समाजवादको सपना देखाएको छ। हजारौ माईलको यात्रा गरेर आज श्रमजीवी मजदुरहरु आफ्नो समाज र परिवारहरु देखि टाढा छन्,उनिहरुले आज यसरी दु:ख पाईरहेका छन कि उनिहरु संग न उचित बास स्थान छ न त प्रयाप्त खाद्यान्न सामाग्री नै।श्रमजिवी मजदुरहरुलाई अलपत्र र भोकै पारेर ठेकेदारहरु भागेका छन।श्रमजिबी बर्गहरुको यो कहाली लाग्दो ब्यथा न सरकार देख्छ न सरोकारवालाहरुले नै।आज श्रमजिवि बर्ग रुदै, भोकभोकै सडकमा हिंडेका छन,सडकमै सुतेका छन,उनिहरुको यो ब्यथा देख्ने कानुनी राज्य आज मौन छ।यो कानुनी राज्यले बुझ्नुपर्छ हिजोको बिद्रोह अभाव र भोकले नै निम्ताएको थियो र यहि अभाव,भोक,अपरिपक्वता र गैरजिम्मेवारपनले भोलि अर्को बिद्रोह पनि नजन्माउला भन्न सकिँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...