यस्तो अबस्थामा पनि लिइयो कर्मचारी भर्तिको लिखित परिक्षा

Date:

Share post:

  • शैलेन्द्र बिक्रम बिडारी

दक्षिण कोरिया – संसार भरी कोरोना भाईरस कोभिड-१९ को माहामारी फैलिए सँगै बिस्व भरीको स्कुल, क्यम्पस, अफिसहरु लकडाउनका कारण बन्द भएका छन । बिभिन्न साना तथा ठुला बिस्वबिधालय देखी स्कुल सम्मका वार्षिक परिक्षाहरु रद्द भए पनि दक्षिण कोरियामा लकडाउन नभएको अवस्था छ। तर पनि नोबल कोरोना भाईरसको सन्क्रमण नहोस् भनेर आन्सन सिटी कर्पोरेसन लिमिटेड नामक कम्पनीले १४० वटा टेबल र कुर्चीहरु ५-५ मिटरको दुरिमा राखेर लिखित परिक्षा सन्चालन गरेको जानकारी विभिन्न संचार माध्यम बाट थाहा हुन आएको छ। दक्षिण कोरियाको आन्सन शहर स्थित उक्त पब्लिक लिमिटेड कम्पनीको कर्मचारी भर्तीको लागि लिइएको सो लिखित परिक्षा आन्सन फुटबल रङशालामा गरिएको थियो भनि कोरियाली संचार माध्यम लाई उध्रित गर्दै जापानी समाचार संस्था आसाही सिनबुनले प्रकाशित गरेको छ।  यहि अप्रिल १५ तारिखमा कोरोना भाईरसको माहामारी बिचमा पनि दक्षिण कोरियामा आम निर्वाचन सफल रुपमा सम्पन्न भएको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...