फेरि थपिए ११ जना कोरोना पोजेटिभ बिरामी , पुगे ४२ जना

काठमाडौं-
उदयपुर जिल्लाको त्रीयुगा नगरपालिका स्थित भुल्केमा शङ्कास्पद ब्यक्तिहरुको परिक्षण गर्दा आज थप ११ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ती संक्रमित को संसर्गमा आएका ब्यक्तिहरुको काठमाडौं र बिराटनगरमा परिक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रबक्ता डा.समिर कुमार अधिकारीले बताउनु भयो। उहाँ सह- प्रबक्ता डा.अधिकारीले आज भेटिने ११ जना कोरोना संक्रमित मध्य ९ जना पुरुष र २ जना महिला रहेको समेत बताउनु भयो।


आज बैशाख ९ गते सांझसम्म नेपालमा ती आज भेटिएका ११ जना समेत गरि जम्मा ४२ जना कोरोना भाइरस कोभिड १९ को संक्रमित बिरामी भेटिएको छ भने ४ जना पुर्ण निको भएर घर फर्किसकेका छन। तर हालसम्म नेपालमा कोरोना संक्रमित रोगिको मृत्यु भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close