काठमाडौं –
धरान बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा कोरोना सम्बन्धी परिक्षण गरेका मध्य आज पनि ३ जना २४ बर्षिय, ६० बर्षिय र ७२ बर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ। यसरी आज बैशाख १० गतेसम्म ४५ जना कोरोना पोजेटिभ बिरामी पुगेका छन भने निको भएर ७ जना घर फर्किसकेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता ले जनाकारी गराउनु भयो।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ताले हाल सम्म कोरोना पोजेटिभ बिरामीमध्ये पाटनमा २ जना, बागलुङमा१ जना, धनगढीमा २ जना, बिरगंजमा ४ जना, भरतपुरमा २ जना, बिराटनगरमा २४ जना र आज फेलापरेका ३ जना बिरामीको पनि बिराटनगरमै उपचार हुने बताउनुभएको छ।साथै उहाँ प्रबक्ताले निको भएर घर फर्कियका ७ जना बाहेक आज भेटिएका ३ जना सहित ३८ जनाकै स्वास्थ्य अबस्था सामान्य रहेको पनि बताउनु भयो।