वडा अध्यक्ष शाही द्वारा जन्मदिनमा माक्स तथा साबुन बितरण

दैलेख-
दैलेख जिल्ला भैरवी गाउपालिका ४ नं वडाका वाड अध्यक्ष बिरेन्द्र बहादुर शाहिले आज बैशाख १२गते परेको आफ्नो जन्मदिन को अबसरमा भैरवी गाउपालिका ४ नम्बर वडा भित्रका विभिन्न टोलबस्तिमा रहेका करिव २५० दलित घर परिवारलाई साबुन, माक्स र ४०० घर दुरि लाई माक्स मात्र बितरण गरि जम्मा ६५०घरधुरीलाइ नै माक्स तथा साबुन बितरण गरि आफ्नो जन्मदिन मनाउनु भएको छ ।


त्यस्तै प्रहरी चैकी भैरवी लाई १०० पिस माक्स, १ दर्जन साबुन र भैरवी स्वास्थ्य चौकी मा ५०० पिस माक्स र ३ दर्जन साबुन बितरण गर्नु भएको छ।नेपाल कम्युनिस्ट पार्टी दैलेखका पार्टी निर्वाचन क्षेत्रीय कमिटी सदस्य तथा वडा अध्यक्ष बिरेन्द्र कुमार शाहिले कोरोना रोकथाम तथा नियन्त्रणहोस भन्ने उदेश्यले माक्स र साबुन बितरण गरिएको बताउनु भयो।साथै वडा बाट बिपन्न समुदायका परिवार लाई प्याकेज निर्धारण गरेर राहत दिने तयारी भएको समेत जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close