क्वारेन्टाइन व्यवस्थापनमा रेडक्रस स्वयमसेवकको भुमिका- लाल बहादुर राना(कार्यालय प्रमुख)ने.रे.सो.उपशाखा कोहलपुर

Date:

Share post:

विश्वब्यापि महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण मानवीय जिवन लगायत विश्व अर्थतन्त्र नै संकटको अवस्थामा छ । जब जब आपद् विपद् आई लाग्छ त्यति बेला रेडक्रसका सबै संयन्त्रहरु सक्रिय रहन्छन् र विपत्ति संग सामना गर्दै मानवीय सहयोगमा तल्लीन रहन्छन कोरोना भाइरस (कोरोना-१९) जुन अहिले विश्वब्यापि महामारीका रुपमा आक्रामक तरिकाले फैलिरहेको छ । यस बाट हुने असरलाई रोकथाम तथा नियन्त्रण गर्न आज विश्व भर रेडक्रस स्वयमसेवकहरु आ–आफ्नो ठाउमा परिचालन हुदै उक्त विपत्ति संग सामना गरि रहेका छन । यसरी रेडक्रसको मानवीय सेवामुखि अभियान लाई सफल पार्न नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखा अन्तर्गत पर्ने कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिकामा स्थानीय सरकारको समन्वय र रेडक्रस जिल्ला शाखा बाँकेको सहयोगमा जम्मा पाँचवटा क्वारेन्टाइनमा व्यवस्थापन तथा निर्माण भएका छन र प्रत्येक क्वारेन्टाइनमा आवश्यक सामाग्री रेडक्रस संग सम्बन्धीत म लगाएत पाँच जना स्वयमसेवकहरु परिचालित भई क्वारेन्टाइन स्थल छनौट देखि निर्माण तथा ब्यवस्थापन, सन्देश मुलक प्रचार प्रसार, सुचना आदन प्रदान, एम्बुलेन्स सेवा व्यवस्थापन, मनोसामाजिक सेवा, हात धुने सिकाई प्रशिक्षण लगायतका कार्यमा जिम्मेवारी वहन गर्दै आएका छौँ । हाम्रा सामु थुर्पै चुनौतिहरु थिए विश्व कोरोना भारइस (कोभिड-१९) का कारण थिलोथिलो भई रहेको र देश पूर्ण रुपले लकडाउन लगाई रहेको बेला हाम्रो घर समाजको एउटै प्रश्न थियो तिमि पनि मर्ने भयौ र हामीलाई पनि मार्ने भयौ यो जागिर नखादा पनि हुन्न ? हाम्रो एउटै उत्तर थियो युद्धमा होमिएको सिपाई युद्ध स्थलबाट भाग्नु र विपत्तिमा काम गर्ने हामी रेडक्रस सिपाई विपत्ति संग सामना गर्न नसकेर भाग्नु एउटै हैनर तर पनि हामी संग ब्यक्तिगत सुरक्षा सामाग्रीको अभाब हुदा हुदै पनि हामीले आफ्नो जिम्मेवारी वहन गर्नुनै थियो । यसरी रेडक्रस, सुरक्षा निकाय,स्थानिय सरकार, स्वास्थ्यकर्मी, संचारकर्मीले जिम्मेवारी बाडफाड गरी सबैले आ–आफ्नो ठाउँबाट जुन भुमिका निर्वाह गर्नु भनेको जस्तो सुकै विपद्हरु संग सामना गर्न सकिन्छ भन्ने उदारण हो जस्तो लाग्छ साथै भोलि आउने विपत्ति संग सामना गर्न सक्ने आवश्यक पूर्व तयारी कार्य योजना ल्याई कार्यन्वयन गर्दा भोलि हुने क्षतिबाट बच्न सकिन्छ भन्ने हाम्रो बुझाई रहेको हुदा स्थानिय निकाय, नेपाल सरकार, रेडक्रस, सुरक्षा निकाय सबैलाई अनुरोध पनि गर्न चाहाँन्छौ ।

अन्तमा कोरोना भाइरस क्वारेन्टायइम व्यवस्थापन लगाएत सम्पूर्ण गतिविधिमा आफ्नो जिम्मेवारी वहन गर्नुहुने स्वयमसेवक प्रकाश चन्द्र चौधरी, बेल बहादुर बुढा क्षेत्री, राजाराम शर्मा अधिकारी, विष्णु चौधरी लगाएत जिम्मेवारी प्रदान गर्नुहुने नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखा, ने.रे.सो. जिल्ला शाखा बाँके, जिल्ला विपद् व्यवस्थापन समिति बाँके लाई विशेष धन्यबाद् दिदै ब्यक्तिगत सुरक्षालाई आत्मसाथ गर्दै मानवीय सेवामा निरन्तर सहयोगका लागि सबै रेडक्रस स्वयमसेवक आम सचेत नागरीक लाई अनुरोध समेत गर्दछौ ।
मानवीय सेवा नै धर्म हो ।

जय रेडक्रस ! जय मानवता !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...