चर्चित बलिउड अभिनेता ऋषि कपुरले पनि छोडे संसार

मुम्बई –
बिगत २ बर्षदेखी क्यान्सर पिडित चर्चित बलिउड अभिनेता ऋषि कपुर ६७ बर्षको उमेरमा आज बिहान करिब ९ बजे ३० अप्रिल २०२०मा निधन भएको छ। विभिन्न भारतिय संचार माध्यम बाट आएको जानकारी अनुसार ५,६ दिन अघि स्वासप्रस्वास मा कठिनाइ आएपछी अभिनेता कपुरलाइ अस्पताल भर्ना गरिएको थियोे र हिजो अवस्था झन गम्भीर भएपछी उनलाइ भेन्ट्रीलेटरमा सारिएको थियो।
अभिनेता कपुरको जन्म ४सेप्टेम्बर १९५२ मा भएको थियो। उनी बलिउड फिल्म क्षेत्रका सदाबहार तथा चर्चित अभिनेता मानिन्छन। विभिन्न बलिउड फिल्ममा प्राय सकारात्मक भुमिका मा देखिएपनी केहि फिल्ममा भने उनि नकारात्मक भुमिका समेत देखापरेका छन। अभिनयमा दखल विभिन्न अवार्डबाट सम्मानित कपुर बिगत २ बर्षदेखि क्यान्सर रोगले पीडित थिए तर अमेरिकामा उपचार गराएर फर्किएपछी उनको स्वास्थ्य सामान्य अबस्थामा रहेको बताइएको थियोे ।