काठमाडौं –
आज बैशाख २०गते बसेको नेकपा पार्टी केन्द्रीय सचिवालयको बैठकले नेकपा का उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयहेरि प्रतीनिधीसभामा लैजानेगरि उमेदवार बनाउने निर्णय सर्बसम्मतले गरेको प्रबक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यस्तै प्रबक्ता श्रेष्ठले पार्टी वा सरकार र सम्बन्धित क्षेत्रहरूमा भएका कमीकम्जोरिहरूमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी वलीले आत्मालोचना गर्नुभएको तथा अर्का अध्यक्ष प्रचण्ड लगायत अन्य नेताहरूले आआफ्नो हकको जिम्मेवारीका निम्ति आत्मालोचना गर्दै अगाडी बढ्ने सङ्कल्प गरेको समेत बताउनुभयो ।
आजको बैठकमा पार्टीको आन्तरिक सङ्कटहरूलाई समाधान गर्नेगरि एकताको द्रिढ सङ्कल्पगर्दै पार्टीलाई फुट उन्मुखहुनेगरि कुनैपनि क्रियाकलापमा संलग्न नहुन सम्पूर्ण पार्टीपंतिलाई निर्देशन दिने समेत निर्णय गरेको छ। त्यस्तै पार्टीलाई एकताबद्ध बनाउने , बिधि पद्दति र कम्युनिस्ट मुल्यमान्यता अनुसार संचालन गर्ने, पार्टीको निति निर्देशनमा सरकार संचालन गर्ने लगायतका निर्णयहरू गरेको छ भने उक्त निर्णयहरू निश्कर्षमा पुर्याउन यही बैशाख २५गते बिहान ११बजेट स्थाइ कमिटीको बैठक बस्ने र त्यसको तयारीका लागि बैशाख २४गते सांझ ३बजे पुनः पार्टी सचिवालयको बैठक बस्ने निर्णयहरू भएको पार्टी प्रबक्ता श्रेष्ठले जानकारी गराउनु भयो।