उदयपुर पछि नेपालगन्ज भयो कोरोनाको इपि सेन्टर,गरियो ३ क्षेत्र पुर्णरुपमा सिल

नेपालगन्ज-

हिजो बैशाख २०गते शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा आज आएको कोरोना परिक्षण रिपोर्टमा नेपालगन्जका १५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने रिपोर्ट आउन बांकी रहेको र ती बांकी रिपोर्टको बारेमा अहिले केहिभन्न नसकिने जिल्ला जनस्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो। शुक्रबार एक ६० बर्षिय पुरुषलाइ कोरोना पोजेटिभ देखिएपछी उनीसंग सम्पर्कमा आएकाको स्वाब परिक्षण गर्ने क्रममा यसरी यतिठुलो संख्यामा कोरोना संक्रमित भेटिएपछि प्रशासनले थप सतर्कता अपनाइ नेपालगन्ज उपमहानगर पालिकाको डि एस पि रोड, धम्बोझी र एकलैनी क्षेत्रलाई पुर्णरुपमा शिल गरेको छ।


यसअघि नेपालको उदयपुरमा एकैपटक १०जनामा कोरोना पोजेटिभ देखिएको थियो भने त्यसपछी ठूलो संख्यामा कोरोना पोजेटिभ आज नेपालगन्जमा देखिएको हो। यसरी आज देखिएका कोरोना पोजेटिभ बिरामी शुक्रबार भेटिएका ६० बर्षिय बिरामीबाट सरेको हुनसक्ने जनाइएको छ। ती ब्यक्ती केही समय अघि भारत गएर फर्किएको समेत स्थानीयले बताइरहेका छन।


आज सम्म नेपालमा कोरोना पोजेटिभको बिरामीको संख्या ७५ जना पुगेको छ भने १६ जना पुर्ण निको भएर घर फर्किएका छन।त्यस्तै बांकी सबै बिरामीको स्वास्थ्य अबस्था सामान्य रहेको र हालसम्म कसैकोपनी कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close