बर्दिया-
बर्दियाको बारबर्दिया नगरपालिका वार्ड नम्बर ८ जनज्योति विद्यालयमा रहेको सामुदायिक क्वारेन्टाइनबाट बागलुङ र चितवन देखि आएका ३ जना क्वारेन्टाइनमा बसेको ७ दिनमा नै स्वाब परिक्षण गरि घर गएका छन। उक्त क्वारेन्टाइनमा बसेका अन्य ब्यक्ति तथा स्थानीयका अनुसार ती निस्किएका ३ जना ब्यक्ति मध्य १ जनाले आफुहरु जिल्ला प्रसासन र नगरपालिकामा पावर लगाएर निश्किएको हो भन्दै हिडेको बताएका छन।त्यस्तै क्वारेन्टाइनमा रहेका अन्य सबैले हुनेखाने र पावरवालालाई कोरोना रोग नलाग्ने रहेछ भन्दै प्रश्न गरेका थिए र भन्दैथिए हामी उनिहरु भन्दा पहिला क्वारेन्टाइनमा बसेको तर आजसम्म कसैले हाम्रो परिक्षण गरेन तर तिनिहरु ३ जनाको आएको ७ दिनमा नै किन गरियो? उनिहरुले गरेको सो प्रश्न वडा अध्यक्ष हरि प्रसाद भुसाललाई सोध्दा उहाले यो निर्णय मेरो नभै जिल्ला प्रशासन र नगरपालिकाको भएको र उता बाट जे आदेश आउँछ मैले तेहि गर्नुपर्ने भन्नुभयो। त्यस्तै बारबर्दियाका मेयर दुर्गा बहादुर थारु कबिर संग फोन मार्फत ती ३ जनाको १४ दिन क्वारेन्टाइनमा नराखी ७ दिनमै के कारणले स्वाब परिक्षण गर्नु भयो र अन्य को किन गर्नुभएन ? के ती ३ जनाले पावर लगाएकै हुन त? भनी सोध्दा मेयरले उहाहरु तिनैजना जोखिम ठाउँ २ जना बागलुङ र १ जना चितवनबाट आएका कारण छिटो स्वाब परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछी घरै क्वारेन्टाइनमा बस्ने सर्तमा पठाइएको बताउनु भयो र क्वारेन्टाइनमा कम्तिमा १४ देखि २१ दिन राख्नु पर्नेमा किन राकिएन भनी सोध्दा उहाले स्वाब परिक्षण नेगेटिभ आएपछी १४ दिन राख्नुनपर्ने समेत जवाफ दिनुभयो। साथै के जोखिम ठाउबाट आएको ७ दिनमै स्वाब परिक्षण गर्दा नेगेटिभ आएपछी १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ला कि नपर्ला भनि भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. पारस श्रेष्ठसंग जिज्ञासा राख्दा उहाले क्वारेन्टाइनमै कम्तिमा १४ दिन राख्न उपयुक्त हुने भन्दै बिरगंज र चिनको घटनाको उदाहरण समेत दिनुभयो।
हाल बिरगंजमा २ जना कोरोना पोजेटिभ बिरामी निको भै स्वाब परिक्षण नेगेटिभ भै घर गएको तर पुनः अहिले तिनिहरुलाइ पोजेटिभ भएको भन्ने खबर आइरहेको तथा चिनमा पनि सो घटना देखिइरहेको अबस्थामा बर्दियाको बारबर्दिया नगरपालोका ले १४ देखि २१ दिन सम्म क्वारेन्टाइनमा राख्नुपर्ने ब्यबस्थाको खिल्ली उडाइ भनसुन र आफ्नालाइ छिट्टै क्वारेन्टाइनबाट निकाल्ने प्रवृत्तिले बर्दियामा पनि नेपालगन्जको घटना दोहोरिन नसक्ला र? भन्ने प्रश्न उब्जिएको छ भने स्थानीय पनि नेपालगन्जको जस्तो घटना दोहोरिन सक्ने भन्दै त्रसित भैरहेका छन।
Yestai ho sir rajnitiko khel hamro desko neta haru ra kehi yastai power lagayera dhak dekhauneharu jaba samma antya hudaina taba samma vrastachar vainai rahanxa jabaki pradhan mantri nai tyastai vayesi aru puchxar haru kaha jaun
Vaninxani kukur ko puchxarlai 12 barsha pipe rakh pni bangoko bangai hunxa
Ani arko kura ma khulayera ta vandaina yestai kehi chorharu wada adhexya milera kathko pni taskari gariraheko kura suniraxu tasman kasle vanos
Thank you &
Forgive me
Vane paxi jelmai halne holan