पहिलो प्रेम

Date:

Share post:

(लघुकथा)


लेखक:-शैलेन्द्र बिक्रम बिडारि

आलोक ८ बर्षको बिदेश बसाइपछी आफ्नो घर फर्केको छ ।परिवार, आफन्त साथी भाई सँग को सामिप्यताले उसलाई आफ्नो मातृभुमी फर्किने बिचार एकदमै ठीक लगेको छ ।
तर बिदेशमा बसेको उसको पहिलो प्रेमलाई उसले घरिघरी सम्झिरहन्छ । हुन पनि बिदेशको ठाउँमा दिन रात नभनि दुख र मेहनत गर्नुपर्ने, परिवार र आफन्तको यादमा छटपटिरहदा उसले जुनलाई सबैभन्दा नजिकको मान्छेको
रुपामा भेटेको थियो ।उमेरले ३० काटिसक्दा पनि अभिबाहित आलोकलाई बिदेशी भुमीमा भेटेको पहिलो प्रेमको खुबै धेरै याद आउनेगर्छ अचेल ।
हुनपनी जुनले आलोकसँग भेटेको पहिलो दिन देखिनै राम्रो साथी मानेर आफुले सकेको सहयोग अनि साथ दिएकीथिइ उस्लाई ।
बिदेशमा भएपनी राम्रो आनिबानि, मिठो बोलिबचन, राम्रो ब्यबहार तेस्माथि मान्छे पनि राम्री अनि सुशिल थिइन जुन । स्वदेश फर्किदा आलोकलाई जुनले भनेकी थिइ, राम्रो सँग जानुहोला, उमेर ढल्नलागिसक्यो अब त घर जाम पनि गर्नुस परिवारले राम्री केटी खोजेर राखिदिनु भएको होला ।

नेपाल फर्केर आलोकले १० औ जना केटी हेरिसक्यो न त उलाई कुनै केटी मन परेको छ, न त उस्ले आफ्नो पहिलो प्रेम जुनलाई भुल्न सकेको नै छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...