कोरोना संक्रमण्का कारण जापानी गायक तात्सुसिको निधन

शैलेन्द्र बिक्रम बिडारि-

श्रोत :- जासस
कोरोना भाइरस सन्क्रमणको कारणले गएराती मे५ तारिखमा जापानी सुप्रसिद्ध चासोन गायक यासुदाका तात्सुसी को निधन भएको जापानी समाचार संस्थाहरुले जनाएका छन । गायक तात्सुसी फ्रान्समा ताकाकी र्योउदाको नामले पनि परिचित छन ।


चासोन फ्रेन्च भासामा गीत भन्ने अर्थ जनाउछ । उनले जापानी भाशाको साथ साथै फ्रेन्च भासाको गीत गाउने गरेका थिए । उनि सन १९९७ मा जापानमा सम्पन्न भएको चासोन संगीत प्रतियोगितामा बिजायि भएका थिए । उनले सन २०००मा फ्रान्सको पेरिसमा सम्पन्न चसोन संगीत महोत्सवमा प्रस्तुती दिएका थिए । ५८ बर्ष का गायक तात्सुसी फ्रान्सको पेरिसमा बस्दै आएका थिए भने गत २ बर्ष देखी जापनको राजधानी टोकियोमा बसोबास गर्दै आएका थिए । गएको अप्रिल १ तारिखमा उच्च जोरो आएको उनलाई अप्रिल ४ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गायक तात्सुसिलाई अप्रिल सात तारिखमा कोरोना सन्क्रमण भएको पुस्टी अस्पताल स्रोतले गरेको जापानी समाचार संस्था आशाही सिम्बुन्ले जनाएको छ ।


जापानमा मात्र नभएर फ्रान्समा पनि गायक तात्सुसिको निधनले ठुलो सन्ख्यामा रहेका फ्यानहरुलाई दुखी तुल्याएको पनि आशाही सिन्बुन्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close