काठमाडौं-
आज बैशाख २४ गते बुधबारका दिन आएको कोरोना परिक्षण रिपोर्टले बिरगंजमा १० जना पुरुष र ७ जना महिला गरि जम्मा १७ जना नयाँ ब्याक्तीहरुमा कोरोना पुष्टि भएको जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले अब नेपालमा कोरोना संक्रमितको संख्या जम्मा९९ जना पुगेको र निको भएर घर फर्किनेको संख्या २२ जना पुगेको पनि बताउनु भयो।
त्यस्तै प्रबक्ता देबकोटाले बैशाख ११गते र १४गते उपचार पछि निको भै डिस्चार्ज गरि घर पठाइएका ३ जनामा पुन: कोरोना पोजेटिभ देखिएपछि उनिहरुलाइ उपचारकालागि अस्पताल भर्ना गरिएको समेत जानकारी गराउनुभयो।