Trending

जापानमा फेरि अर्को भाइरसद्वारा ७९ जना बालिका बिरामी


शैलेन्द्र बिक्रम बिडारी/ श्रोत: जाससं-
विश्वभरी कोरोनाको कहरले दु:ख दिइरहेकाबेला जापानमा अर्को भाइरसले समेत दु:ख दिएको छ ।जापानको तोत्तोरी शहरको एउटा सरकारी विद्यालयको छात्राबासका ७९ जना बिधार्थीहरुमा नोरो भाइरसको संक्रमण भएको तथा बिरामीहरु १देखी ३ बर्षसम्मका बालिकाहरु रहेका छन र पीडित सबैजनामा झाडापखला, बान्ता र अन्य लक्षणहरु देखिनेगरेको जापानी समाचार संस्था योमिउरी सिन्बुनले जनाएको छ ।


तोत्तोरी शहरको सार्वजनिक स्वास्थ प्रतिस्ठानका अनुसार सो बिधालयको क्यान्टिनको प्रदुसित खाना खाएर छात्राहरु बिरामी परेका हुन भने हाल बिरामिहरु सबैजनाको स्वास्थ अवस्था खतर मुक्त रहेको र सुधार हुँदै गएको पनि जनाइएको छ । बिधालयको क्यान्टिन फेरी नामक एक गैर सरकारी संस्थाले सन्चालन गर्दै आएको र सो क्यान्टिन बिधालयका १०३ जना बिद्यार्थीहरुले प्रयोग गर्ने गरेको बिधालय स्रोतले जानकारी गराएको छ भने सो घटना पस्चात क्यान्टिन सन्चालकलाई अप्रिल ६ तारिखबाट ५ दिन क्यान्टिन सन्चालनमा प्रतिबन्द लगाइएको पनि योमिउरी सिन्बुनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close