भारतले बनाएको सडक नेपालको भूमिहो,तथ्यका आधारमा समाधान हुनुपर्छ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

काठमाण्डौ – भारतले नेपाली भूमि मिचेर सडक बनाएकोबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई जानकारी गराउनुभएको छ ।
प्रतिनिधीसभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपाली भुमिमा सडक बनाएको प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । नेपालले यस विषयलाई लियर औपचारिक धारणा राखिसकेको पनि बताउनुभयको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो – सन् १८१६ को सन्धि र १८६० को पूरक सन्धिका आधारमा सीमा निर्धारण गरे पस्चात अर्को सन्धि नभयको हुदा यसै अनुसार लिपुलेक र लिम्पियाधुरा नेपालमा पर्नेहुदा सन्धि, नक्सा, दस्तावेज र तथ्यका आधारमा यो समाधान गर्नुपर्छ ।
नेपालले मान्दै आयको कालीको मुहानबाट पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानी भारतले गत कार्तिक १६ गते सनिवार राजनीतिक नक्सा प्रकासित गरि आफ्नो नक्सामा राखेकोमा त्यसबेलानै नेपालले कूटनीतिक नोट पठाएको भयतापनी भारतले त्यसलाई बेवास्ता गर्दै अहिले त्यस स्थानमा सडक निर्माण गर्नु दुखद भयको उहाँको भनाइ छ ।  
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको र यसमा केही कुरा गर्नुपर्ने भएकोले परराष्ट्रसचिव स्तरीय बैठकको लागि नेपालले पठाएको मितिलाई पनि बेवास्ता गरि नेपालले प्रस्ताव गरेको मितिको औपचारिक जवाफ नै नदिइ भारतले नेपाली भूमि प्रयोग गरि बाटो बनाएकोमा ध्यानाकर्षण भएको ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीले विश्व नै कोभिड-१९ (कोरोना)को समस्या शीत जुधिरहेको बेला छिमेकी देशको संवेदनशील विषयलाई ख्याल गर्न पनि भारतसँग आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close