२०७७ साल जेष्ठ महिनाको राशिफल

Date:

Share post:

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

जेठ महिना समग्रमा सकारात्मक नै रहेको छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्तजनबाट भने सजग रहनु नै उचित हुनेछ ।यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष (इ,ओ,ओ,ओ,वा,वि,वु,वे,वो)

जेठ महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाहान लाभ हुने समय आएको छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)

यो महिनामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानीपनि हुनेछ । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग निलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

यो महिनामा लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । प्रतिस्पर्धाहरूमा उर्तिण हुनसकिनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योगपनि छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हल्का गुलाबी वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

यो महिनामा सोचेको जस्तो सफलता अलि मिल्ने छैन । नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट भने त्यति लाभ हुनेछैन । यो महिनाको लागि शुभ अङ्क १,३ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)

यो महिनामा प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । काम देखाएर अरुको मन जित्न सकिनेछ । कृषि कार्य अघी बढ्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्श गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसरपनि गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)

यो महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक समस्यालेपनि सताउला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २२ गतेबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । नयाँ योजनापनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का पहेंलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा कतै निस्कानु अघि हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु)

यो महिनामा सामाजिक कार्यमा विशेष रुचि रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक र टेक्निकल व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । नाक तथा घाँटीमा समस्यापनि आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

जेठ महिनामा रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । आफूले गरेको कार्यबाट पछि दोहोरो लाभ मिल्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको यो पनि देखिन्छ नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेंलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

यो महिनामा तपाईंको राशिबाट पाँचौं भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । सन्तान सुखपनि मिल्नेछ । २० गतेबाट दबाब र तनाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा फुस्रो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)

यो महिनामा सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ र रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग खरानी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि भैरवजीको दर्शनगरी आरम्भ गर्दा राम्रो हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)

यो महिनामा मिश्रित फल मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । १७ गतेबाट कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्गे पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कानु अघि दुर्गाजीको स्मरण गरी कार्य गर्नाले राम्रो हुन्छ ।

ज्यो. पंडित नारायण प्रसाद
ज्यो. पंडित नारायण प्रसाद
मो. ९८४९५५९५०२ (थप जानकारीका लागि )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...