ट्रक सहित अबैध तरकारी बरामद

बर्दिया

बर्दिया जिल्लाको वढैयाताल गाउपालिकाको निर्देशनमा हिजो राति  प्रहरीले  अबैध तरकारी कारोबार गर्ने ट्रक सहित तरकारीहरू बरामद गरेको छ l लकडाउनको समयमा पनि अबैध रुपमा भारतबाट आलु,प्याज लगायतको तरकारी ल्याई नेपालगन्जको बिक्रेताबाट बिल बनाइ नेपालकै तरकारिहो भनि बिक्रि गरिरहेको बताइयको छ l

प्रहरीले पक्राउ गरेको कागजात अनुसार नेपालगन्जको तरकारी ब्यापार गर्ने  मनिष सप्लायर्स को बिल बिजक देखाई बिक्रि गरेको  पाइएको छ l नेपालको उत्पादनाहो भनि झुक्कायर बिक्रि गरिसकेको आलु प्याज स्थानीय ब्यापारी बाट फिर्ता लिई ट्रक सहित सितलाबजार प्रहरी चौकीलाई आवश्यक कारबाहीको लागि बुझाइएको वढैयाताल गाउपालिकाका प्रशासकीय अधिकृत अर्जुन सुबेदीले जानकारी दिनुभयो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close