वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्ता कस्ता सवारी साधन पास बिना नै चल्न पाउने यस बारेमा एक सूचना जारी गरेको छ ।
जसमा होम डेलिभरी सेवा दिने दुई पांग्रे सवारी साधनलाई पास नचाहिने भएको छ । तर ती सवारी साधनले स्पष्टसँग आफ्नो साधनमा परिचय टाँस्नु पर्ने र दोस्रो व्यक्तिलाई पछाडि राख्न नपाइने विभागले जनायको छ।
तरकारी फलफूल, ,दूध तथा दुग्धजन्य पदार्थ ढुवानी र अनलाइनमार्फत खाद्य वस्तुको ढुवानी गर्ने सवारी साधनका तथा अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनलाई पास नचाहिने भएको छ ।
लकडाउनको समयमा शव वहान, एम्बुलेन्स,औषधि तथा स्वस्थ्य सामाग्री, सबै प्रकारका औद्योगिक कच्चापदार्थ तथा तयारी सामान , पेट्रोलियम पदार्थ, खाद्य वस्तु तथा पशुपन्छी आहार ढुवानीमा पनि सवारी पास चाहिने छैन ।